दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्रिकेट टोलीको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते, बिहीबार १९:२७

काठमाडौं, फागुन ११ गते । दुबइ अन्तर्राष्ट्रिय रंगशालामा हुने आईसीसी क्रिकेट विश्व कप लिग टु खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे ।
सोही अवसरमा लिग टु अन्तर्गतनै कीर्तिपुरमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच भएको खेलमा शत प्रतिशत जित निकालेको नेपाली टोलीलाई बधाइ पनि दिइएको थियो ।
फागुन १५ देखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएइ प्रस्थान गर्दै । नेपालले त्यहाँ युएइ र पपुवान्युगिनी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटले हासिल गरेको सफलता खेलाडीका लागि गौरवको कुरा त हुँदै हो भन्दै सम्पूर्ण खेलाडी, आम जनता र सिंगो राष्ट्रका निम्ति पनि गर्वको कुरा भएको बताए । उनले खेल क्षेत्र शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थका निम्ति मात्र नभइ राष्ट्रको प्रतिष्ठा, देशको समग्र अर्थतन्त्र, कुटनीति क्षेत्रका निम्ति पनि खेल क्षेत्रको भूमिका निकै बढेको धारणा व्यक्त गर्दै सफलताका लागि हृदयदेखि धन्यवाद र बधाइ दिए । प्रधानमन्त्री दाहालले स्कटल्यान्ड र नामिबिया विरुद्ध जित हात पारेको टोलीका खेलाडीलाई जनही २ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दै आगामी खेलका लागि पनि सफलताका निम्ति शुभकामना व्यक्त गरे ।
सदस्य–सचिव घिसिङले उत्कृष्ट जित हासिल गर्दै सारा नेपालीलाई खुशी पारेकोमा टोलीप्रति आभार व्यक्त गर्दै बधाइ दिए । उनले सम्माननीय प्रधानमन्त्रीज्यूले क्रिकेट टोलीसंग भेट गरी खुशी बाड्नु भएको आभार प्रकट गरे ।
कप्तान रोहित पौडेलले सम्माननीय प्रधानमन्त्रीज्यूले भेटरै बधाइ दिएको र खेलाडीको हौसला बढाएकोमा धन्यवाद दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु