दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ह्वाइट वाटर र फ्रिडमलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते, शनिबार ७:३४

काठमाडौं । ह्वाइट वाटर नेपाल र फ्रिडम कायक एण्ड र्याफ्टिङ स्कुल ’बी’ ले ७ औं राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ ।
सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा भएको प्रतियोगितामा पुरुषतर्फ ह्वाइट वाटर र महिलातर्फ फ्रिडम कायक च्याम्पियन बनेका हुन् ।
र्याफ्टिङ च्याम्पियनसिप अन्तर्गत चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा विजयी हुँदै ह्वाइट वाटर र फ्रिडमले उपाधि जितेको हो ।
ह्वाइट वाटरले स्प्रीन्ट (१०० पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३५० पूर्णाङ्क) र डाउन रिभर (३५० पूर्णाङ्क) मा शतप्रतिशत अंकका साथ कुल १ हजार अंक प्राप्त गर्यो ।
महिलातर्फ फ्रिडमले स्प्रीन्ट (९२ पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३५० पूर्णाङ्क) र डाउन रिभर (३५० पूर्णाङ्क) मा कुल ९९२ अंक प्राप्त गर्यो ।
पुरुषमा नेपाल कायक क्लब काठमाडौं दोस्रो र प्याडल नेपाल पोखरा ’ए’ तेस्रो भयो । महिलामा भोटेकोसी एडभेन्चर क्लब दोस्रो र फ्रिडम कायक एण्ड र्याफ्टिङ स्कुल ’ए’ ले तेस्रो स्थान हासिल गर्यो ।
११ औं राष्ट्रिय कायक स्लालमको पुरुषतर्फ गणेश गुरुङ र महिलातर्फ सुधा राई च्याम्पियन बने ।
हरेक विधाका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पुरस्कार प्राप्त गरे ।
विजेता खेलाडीलाई प्रमुख अतिथि सघिंय प्रतिनिधि सभा सांसद माधव सापकोटा तथा नेपाल राफ्टिङ तथा कनोइङ संघका कार्यबाहक अध्यक्ष राजीव श्रेष्ठलगायतले पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु