
काठमाडौं । नेपालीहरुको सांस्कृतिक चाँड यस वर्षको फागु पूर्णिमा पर्व राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा हर्षोल्लास पूर्वक धूमधामका साथ विशेष कार्यक्रम गरेर होली मनाउने भएको छ ।
खाँडादेवी फूडल्याण्डले फागुपूर्णे लाई बिशेश मध्यनजर गर्दै फागुन २२ गते बिहान ११ देखि साझ ५ बजे सम्म- होली पर्वमा विशेष मनोरञ्जनात्मक बनाउन लाइभ बारबेक्यू साथै कलाकार सँग रङको मज्जा लिन पाउने कार्यक्रमको आयोजना गरिएको संचालक गोपी थापाले जानकारी दिनुभयो ।
कार्यक्रमा चर्चित मोडल एंव लोक तथा दोहोरी गायिका ज्योति मगर चर्चित लोक गायक बालचन्द्र बराल लगायतको कलाकारबाट बिशेश प्रस्तुति रहने छ।
नेपालीको संस्कृती प्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई कार्यक्रममा उपस्थित भई एक आपसमा होली खेली नेपाली धर्म संस्कृतीको सरक्षण र पहिचाहन गराउने कार्यक्रममा फूडल्याण्डले सबैलाई निमन्त्रणा गरेको छ।


