दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रील तथा स्टील व्यवसायी महासंघको वनभोजमा पदाधिकारी ,व्यवसायी देखि कलाकार सम्मको जमघट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते, आईतवार ७:५४

काठमाडौं । यो मौसमनै बिभिन्न किसिमका मनोरन्जनमा सरिकहुने मौसम हो । आफ्ना मातहतमा रहेका सबै समितिहरु र व्यवसायीहरुलाई समेत एकै ठाउँमा भेलागरि नवनिार्वचित पदाधिकारीहरुलाई बधाई, शुभकामना दिन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले एक बृहत वनभोज कार्यक्रमको आयोजना गरेको थियो ।
गोदावरीको नौधारा पिकनिक स्पोर्टमा गरिएको यो कार्यक्रममा काठमाडौंका ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध नवनिर्वाचित १४ वटा इकाई २ वटा क्षेत्र तथा जिल्ला कार्यसमिति,ललतिपुर र भक्तपुर जिल्ला कार्यसमिति, ललितपुरको इमाडोल सानागाउँ इकाई र मकवानपुर जिल्लाका पदाधिकारीहरुलाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको तर्फबाट खादा ओढाएर बधाई तथा शुभकामना दिईएको थियो ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल को प्रमुख आतिथ्य र प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठको शभापतित्वमा भएको कार्यक्रम महासंघका उपाध्यक्ष केदार अधिकारी र महासचिव बिबेकदास श्रेष्ठले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष निरन्जनकुमार श्रेष्ठले आफ्नो शुभकामना मनतव्य राख्नुभएको थियो भने प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले सबै आगन्तुकहरुलाई स्वागत मनतव्यबाट स्वागत गर्दै वनभोज कार्यक्रममा ग्रील व्यवसायी देखि महासंघका अध्यक्ष सम्म सहभागि हुनु सौभाग्य पुर्ण अवसरको रुपमा लिएको बताउनु भयो ।
कार्यक्रममा बधाई तथा शुभकामना मनतव्य राख्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले विश्वव्यापिरुपमा असर गरेको कोरोना र त्यसको प्रभावमा भएको आर्थिकमन्दिको कारण आम व्यवसायीहरु एकैठाउँमा बसेर दुख सुखका भलाकुसारी गर्न नपाईरहेको अवस्थामा महासंघले आयोजना गरेको यो वनभोज कार्यक्रमले आम व्यवसायीहरुको मन जोड्ने काम गरेको बताउनुभयो ।
इकाईको सदस्य देखि जिल्लाको अध्यक्ष सम्म र व्यवसायी देखि व्यवसायीका परिवार सम्मलाई एकै ठाउँमा भेलागरेर रमाईलो गर्नपाउनु आफ्नो लागि सुखद क्षण भएको अध्यक्ष कटुवालले बताउनुभयो ।
घरपरिवारले साथ सपोर्ट नगरे संस्थालाई माथि उठाउन नसकिने भन्दै कार्यक्रममा महासंघका पदाधिकारीहरुको श्रीमतिहरुलाई समेत परिचय तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा गायीका मन्जु गौतम,आशा लामा, गायक यादव श्रेष्ठ तथा नृत्यङ्गना सोनिया घिमिरे र मनिषा परियारको प्रस्तुतिले उपस्थित सबैलाई मनमोहक बनाएको थियो ।
कलाकारहरुले गित गाउँदा संघ तथा महासंघका प्रतिनिधिहरुले नाँचेर रमाईलो गर्नुभएको थियो ।
यो कार्यक्रमको संयोजक प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ हुनुहुन्थ्यो भने आर्थिक बिभागमा उपाध्यक्ष केदार अधिकारी हुनुहुन्थ्यो । कार्यक्रम सफलबनाउन महत्वपुर्ण भुमिका निर्वाहगर्ने टिमका सबै प्रतिनिधिहरुलाई संयोजक ठुलोबाबु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु