डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

राष्ट्रपतिको निर्वाचनमा पार्टीले ह्विप जारी गर्छ, त्यसमा तलमाथि हुँदैन् : सोमप्रसाद पाण्डे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १४, आईतवार १७:३०

काठमाडौं, १४ फागुन । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको स्पष्टोक्ति थियो ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले अहिले राजनीतिमा छिनछिनमै परिस्थिति परिवर्तन भएको उल्लेख गरे । उनले भने,‘यो घट्नाक्रमले यस्तो अवस्था सिर्जना गरेको छ । अरुले होइन । जनतामा केही दोष छैन् । हामी दलका कारण यो भएको छ । गठबन्धनको कुरा छ, हामीले विगतमा स्थानीय तह र संघ रप्रदेशको निर्वाचनमा गठबन्धन गरेको हो । यो आवश्यकत्ताले गरेको हो । गठबन्धनभित्र इमानदारिता रहेन । त्यो नहुँदा हाम्रो २०÷२५ सिट कम भयो, त्यही भएर अहिले तानातानको अवस्था छ । कमजोरी त हामीबाट पनि भएकै हो । यो मुलुकमा संसदको जुनखालको बनावट छ, यसले के देखाउँछ भने राष्ट्रिय सहमतिमा जानैपर्छ भन्ने देखाएको छ ।’

राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमति भएको भए राम्रो हुन्थ्यो भन्ने पाण्डेको भनाई छ । उनले भने,‘यो गठबन्धन लामो समयसम्म जान्छ । यसमा कुनैखालको द्धिविधा नराखे हुन्छ । एमालेबाट माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएकै हो । तर, समयमा आएन । अन्तिम अवस्थामा केही–केही नेताले चर्चा गरेको हो । एमालेको तर्फबाट लिखित प्रस्ताव आएको होइन । हामी त यता राष्ट्रपतिको निर्वाचन गर्ने अन्तिम टुँगोमा पुगेका थियौं । अब सबै गठबन्धनअनुसार अघि बढ्नुहुन्छ । पार्टीले ह्विप जारी गर्छ । त्यसमा तलमाथि हुँदैन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु