दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चौंथो बृहत विज्ञान तथा प्रविधी प्रदर्शनी सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते, आईतवार १९:०७

काठमाडौं । एन्जल लर्ड एकेडेमी हाइ स्कुल कोटेश्वरको आयोजनामा दुई दिने (२०७९ फागुन १२ र १३ गते) चौंथो बृहत विज्ञान तथा प्रविधी प्रदर्शनी सम्पन्न भएको छ । सो कार्यक्रम काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम कुमार राइले उद्घाटन गरेका थिए । एकेडेमीका विद्यार्थीहरुले बनाएका विज्ञान र प्रविधि सम्बन्धी सामग्री तथा उपकरणहरु सो प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीमा अपेक्षाभन्दा बढी सहभागी देखिएको एकेडेमीका प्रअ टंक लिम्बुले बताए । प्रअ लिम्बुले हजारौ बढी शिक्षक, अभिभावक र विद्यार्थीहरुले प्रदर्शनीमा अवलोकन गरेको बताए । एकेडेमीका संचालक राजकुमार दोङ तामाङले विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रदर्शनीहरुसँगै लोप हुँदै गएको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक सामाग्रीहरुको प्रदर्शनीले विद्यार्थीहरुमा विगतका मौलिक जनजीवन र त्यससँग सम्बन्धित ज्ञान प्राप्त गरेको बताए । ‘यसले आगामी वर्षहरुमा अझ नयाँ उपकरणहरुको थप प्रदर्शनी र विद्यार्थीको सृजनशीलतालाई अझै प्रोत्साहन गर्न हामीलाई अभिप्रेरित गरेको छ ’ संचालक दोङले बताए ।

सो प्रदर्शनीमा रोवर्ट सम्बन्धि उपकरण, होम सेक्युरिटी प्रणाली, भुकम्पिय सुचक, पानीको सतह मापन यन्त्र, विद्युत सम्बन्धि स्वचालित अटो मोबाईल सम्बन्धी उपकरण,ह्युमान्वाइड रोबट, स्मार्ट सिटिका नमुना, लघु जलविधुतबाट विद्युत उत्पादनको नमुना प्रदर्शनीको साथमा विद्यार्थीहरुको नृत्य, गायन, विभिन्न खानाका परिकारहरु, नेपाली लोक बाजागाजाहरुमा प्रयोग हुने लोक अर्केष्ट्रा र जातजातिका भेषभुषा समेत प्रदर्शनी गरिएको थियो । विज्ञान तथा प्रविधिसँग अभिरुची राख्ने विद्यार्थीहरु तथा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको प्रदर्शनी स्थलमा १ सय भन्दा बढी विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरु र फुड स्टल रहेका थिए । प्रदर्शनी कक्षमा २ देखि १० कक्षा सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु