
काठमाडौं । कारोबार अवधिभरको उतारचढावपछि आज सोमबार सेयर बजार सामान्य घटेको छ। आज ३.६५ अंकले घटेर दुई हजार २३.५४ विन्दुमा रोकिएको छ।
आज लघुवित्त, फाइनान्स र उत्पादन समूहको सेयर उच्च अंकले घटेको छ। होटेल र पर्यटन, व्यापार र अन्य समूहको सेयर भने दोहोरो अंकले बढेको छ।
यस दिन दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार कित्ता सेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ।
आज राप्ती हाइड्रोको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ भने समग्रमा बजार घटे पनि स्वाभिमान लघुवित्त र साम्लिङ पावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ।


