दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोयल्टी क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते, बुधबार ६:४९

आयोजक लोयल्टी ‘ए’ ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लोयल्टी समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।
मण्डिखटारस्थित घरेलु मैदानमा लोयल्टीले विद्या संस्कारलाई ३–१ गोलले पराजित ग¥यो । विजेताका साहिल राई ‘म्यान अफ द म्याच’ घोषित भए । अर्को खेलमा लोयल्टीले नेक्ससलाई ४–० गोलले हरायो । लोयल्टीका अश्विन थापा ‘म्यान अफ द म्याच’ चुनिए । विद्या संस्कारले नेक्ससलाई ४–२ गोलले हराउदै उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्न सफल भयो । विद्या संस्कारका दन्चित थापा ‘म्यान अफ द म्याच’ भए ।
समूह ‘बी’ बाट काष्ठमण्डप विजेता र टाइमलाइन उपविजेता हुँदै क्वाटरफाइनलमा पुगे । काष्ठमण्डपले चाँदबागलाई २–० तथा टाइमलाइनलाई ३–१ गोलले पाखा लगायो । टाइमलाइनले चाँदबागमाथि ३–२ को जित दर्ता ग¥यो ।
क्वाटरफाइनलमा काष्ठमण्डपको भेट विद्या संस्कारसंग हुनेछ भने टाइमलाइनले लोयल्टी ‘ए’ विरुद्ध खेल्ने छ । अन्य क्वाटरफाइनल ज्ञानोदय र लिटिल एन्जल्स तथा त्रिज्योति र काठमाडौं भ्यालीबीच हुनेछ । चारै क्वाटरफाइनल बुधबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु