दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोयल्टी सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते, बुधबार १७:४९

काठमाडौं, फागुन १७ गते ।आयोजक लोयल्टी ‘ए’ ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
मण्डिखटारस्थित घरेलु मैदानमा लोयल्टीले टाइमलाइनलाई ६–० गोलले सहजै पराजित ग¥यो । लोयल्टीका साहिल राईले २ तथा शितल तामाङ, बसन्त राउत, अश्विन थापा र येसुब खनालले १–१ गोल गरे । टाइमलाइनका श्रृजन तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
विद्या संस्कार, लिटिल एन्जल्स र त्रिज्योति पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । विद्या संस्कारले काष्ठमण्डपलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । विद्या संस्कारका दन्चित थापा ‘म्यान अफ द म्याच’ चुनिए ।
लिटिल एन्जल्सले ज्ञानोदयलाई सडन डेथमा ६–५ ले पाखा लगायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । ज्ञानोदयका उमंग डंगोल ‘म्यान अफ द म्याच’ बने । त्रिज्योतिले काठमाडौं भ्यालीमाथि ७–१ को सहज जित दर्ता ग¥यो । त्रिज्योतिका आयुश बस्नेत र जेनिथ सुवेदीले ह्याट्रिक गरे । नवाङ फिन्जु लामाले १ गोल थपे । काठमाडौं भ्यालीका ओसिसजंग केसीले सान्त्वना गोल गरे । ओसिस नै ‘म्यान अफ द म्याच’ भए ।
सेमिफाइनलमा लिटिल एन्जल्सको भेट ज्ञानोदयसंग हुनेछ भने लोयल्टीले त्रिज्योतिको सामना गर्ने छ । सेमिफाइनल बिहीबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु