तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विमल जिनियस स्पोर्ट्स एम्बासडर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते, शुक्रबार १६:०८

लुभूस्थित जिनियस आईबी वल्र्ड स्कुलले राष्ट्रिय फुटबल टोलीका विमल घर्ती मगरलाई जिनियस स्पोर्ट्स एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा जिनियसका अध्यक्ष नवीनकुमार जोशी र विमलले एक कार्यक्रमबीच हस्ताक्षर गरे ।
जिनियसका शैक्षिक प्रमुख प्रदीप वज्राचार्यले विमलले जिनियसको फुटबल टोलीलाई प्रशिक्षण दिनु पर्ने, जिनियसको कार्यक्रममा सहभागी हुनु पर्ने, जिनियसको प्रवद्र्धनलगायतका कार्यमा सहयोग गर्नु पर्ने जानकारी गराए ।
कार्यक्रममा अध्यक्ष जोशीले सम्झौता तत्काल १ वर्षका लागि भएपनि आगामी वर्षमा पनि निरन्तरता पाउने बताउदै जिनियसमा आबद्ध भएको विमललाई धन्यवाद दिए ।
विमलले जिनियसको फुटबल जर्सी सार्वजनिक गर्नुका साथै जिनियसको छात्र÷छात्रा टोलीलाई प्रशिक्षण पनि दिएका थिए ।
कार्यक्रममा विमलले जिनियससंग जोडिन पाउँदा खुशी लागेको बताउदै जिनियसको फुटबललाई माथि उकास्न र विद्यालयको प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
शैक्षिक प्रमुख वज्राचार्यले राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य विमललाई जिनियसमा आबद्ध गर्न पाउँदा गर्वको अनुभुति भएको बताउदै विमलको आगमनले जिनियसको फुटबलसंगै अन्य गतिविधको पनि उचाईं बढ्ने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु