दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कुमारको ‘भिझाएरआँशु’मा सुरवीर र हिउँवाला ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते, शुक्रबार १७:४८

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको ‘भिझाएर आँशु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकामा बसोबास गर्दै आएका गीतकार कुमार सिवाकोटीको रहेको छ। यो गीत गीत गीतकार सिवाकोटी जीवन भोगाइमा आधारित छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘जन्मभूमि इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

२०५८ साल देखि नेपाली संगीतमा सक्रिय गीतकार कुमार सिवाकोटीको शब्दमा हाल सम्म लोक, आधुनिक , सेण्टिमेण्टल गरेर १५० बढी गीतहरु सार्वजनिक भैसकेका छन्। अमेरिकामा विभिन्न व्यवसाय गर्दै आइरहेका सिवाकोटी नेपाली भाषा, साहित्य र संगीतलाई निकै माया गर्छन्। गीतकार सिवाकोटीको शब्दमा रहेको ‘ जँहा भए पनि नेपाली बन्न पाइयोस’ बोलको गीत गायक सिडी विजय अधिकारीले सा रे ग म पा को मंचमा समेत प्रस्तुत गरेका थिए। आगामी दिनमा प्रमोद खरेल , प्रविन बेडवाल, कर्मा ग्याल्चेन बम्जन लगायत थुप्रै चर्चित गायक गायिका आवाजमा गीतहरु सार्वजनिक गर्ने तयारी रहेको गीतकार सिवाकोटीले बताएका छन्।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु