डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

भगवतीले अमेरिकी रेस्लर सादिकालाई हराइन्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २२, सोमबार १९:४०

काठमाडौं, फागुन २२ गते ।नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् ।
भक्तपुरको सल्लाहघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् ।
होलीको पावन अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित हात पारे । रिङसम्म पुग्न नेपाल ब्रोले कार तथा शेर खानले मोटरसाइकल प्रयोग गरेका थिए । नेपालका कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) ले पाकिस्तानका अली खानलाई पाखा लगाए ।
जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलियले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
वि.सं. २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु