तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

“आफ्नो परम्परा एवं संस्कृतिको संरक्षणमा उद्योगी व्यवसायी”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते, सोमबार २१:११

फागुन : २२ – नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत बस्तुगत संघमा आवद्ध उद्योगी व्यवसायी एवं अन्य महासंघमा आबद्ध उद्योगीहरुको उपस्थितिमा होलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एकआपसमा शुभकामना आदानप्रदान गर्दै भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, निर्वतमान अध्यक्ष भवानी राणा, चेम्बरका वर्तमान अध्यक्ष राजेन्द्र मल्ल, महासंघ वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, एसोसिएट उपाध्यक्ष रामचन्द्र साङाहि, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व अध्यक्षहरु चण्डी ढकाल, बिनोद बहादुर श्रेष्ठ, पूर्व उपाध्यक्ष किशोर प्रधान, चेम्बर पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघ पूर्व उपाध्यक्ष एवं आउँदो चुनावमा वरिष्ठ उपाध्यक्षका उमेदवार उमेशलाल श्रेष्ठ केन्द्रिय सदस्यहरु, वस्तुगत संघका अध्यक्षहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि गरेर १३० जनाभन्दा बढिको सहभागिता रहेको थियो।

कार्यक्रम उद्योग वाणिज्य महांघको आगामी चुनावका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र वस्तुगत संघ तर्फका उपाध्यक्षका उम्मेदावर हेमराज ढकालको टिमले कार्यक्रमको आयोजना गरिएको थियो ।

महासंघको चुनाव नजिकिंदै गर्दा व्यवसायीहरु चुनावका विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्ना सदस्यहरुसंगको भेटघाटमा सहभागी हुन थालेका छन् । भेटघाटका क्रममा विभिन्न समस्याहरुको बारे छलफल पनि गरिने गरिएकोछ । यस्ता खाले कार्यक्रमहरुले एक आपसमा आत्मीयता बढाउनुका साथै मित्रतामा प्रगाढता ल्याउन सहयोग पुर्‍याउँछ। उपस्थित सबैले शुभकामना दिनुभयो भने वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले शुभकामना दिंदै “यस्ता कार्यक्रमहरुले एक आपसमा रहेका तिक्तता हट्नुका साथै आत्मीयता बढाउँदै जानेछ । आउँदो चुनावमा महासंघलाई एक ढिक्का बनाउँदै अगाडि बढाउने मेरो अन्तिम पहल रहने छ भन्ने कुरा बताउनु भयो।” चेम्बरका वर्तमान अध्यक्ष एवं पूर्व अध्यक्षहरुले शुभकामना दिंदै यो टिमलाई साथ दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु