तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बुल्गेरिया ओपनमा खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २३ गते, मंगलवार १९:२५

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले वल्र्ड ¥याङकिङ जि २ बुल्गेरिया ओपन क्यारोगी प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्नु भएको छ ।
सो प्रतियोगिता बुल्गेरियाको सोफियामा मार्च ३ देखि ५ तारिखसम्म सम्पन्न भएको हो । अशोक दक्षिण एसियाबाट एक मात्र निर्णायकको रुपमा सो प्रतियोगितामा रहनु भएको थियो । वल्र्ड ¥याङकिङ जि २ क्यारोगीतर्फ अशोकले १९ फाइट खेलाउनुु भयो । जसमा तीन फाइनल र चार सेमिफाइनल पनि रहेका छन् ।
अशोकले सोमबार राति पुम्सेतर्फका खेल पनि सञ्चालन गर्नुभयो । उहाँ पुम्से बिधाका समेत अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ । अशोक क्यारोगी, पुम्से र पारा तीन वटै बिधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ । क्यारोगीतर्फ अशोकलाई दोस्रो क्लासका अन्तर्राष्ट्रिय निर्णायकको मान्यता छ ।
गतवर्ष विश्व तेक्वान्दोमा समेत निर्णायकको भुमिका निर्वाह गरिसकेका अशोकले हालसम्म २१ वटा भन्दा बढी अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भुमिका निर्वाह गरिसक्नु भएको छ ।
बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वल्र्ड र्याकिङ प्रतियोगितामा पनि सर्वश्रेष्ठ निर्णायक घोषित भइसकेका अशोक पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक हुनुहुन्छ ।
गत वर्ष युवा तथा खेलकुद मन्त्रालयले एक लाख पुरस्कारसहित ‘उत्कृष्ट रेफ्री’का रूपमा पनि अशोकलाई सम्मान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु