दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कानूनी क्षमता र सहयोगी सहितको नर्णय पद्ती सम्बन्धमा छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते, बुधबार ८:०५

२४ फागुन २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं

नेपाल सरकारले वर्गिकरण गरेको १० प्रकारका अपाङ्गता मध्ये मनोसामाजिक, बौदिक, श्रवणदृष्टिविहिन र अटिजम अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अझै पनि जटिल छ । उनीहरुको हरेक क्रियाकलापहरु सम्पन्न गर्नको लागि सहयोगी तथा संरक्षकको आवश्यकता हुने हुन्छ । यी ४ प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका हक अधिकार सुनिश्चित गर्नका लागि सहज होस् भनेर मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने संस्था कोशिश, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र शोभालय समावेशी समाज (SISN) नेपालले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महसन्धीको कार्यन्वयनलाई तिव्रता दिदै धारा १२ मा आधारित कानूनी क्षमता र सहयोगी सहितको निर्णय पद्ती प्रवर्धन गर्ने परियोजना सञ्चालन गरेको छ ।
यस परियोजना अन्तर्गत हिजो फागुन २३ गते मंङ्गलबार मनोसामाजिक, बौदिक, श्रवणदृष्टिविहिन र अटिजम अपाङ्गता भएका व्यक्तिहरुको कानूनी क्षमता र सहयोगी सहितको निर्णय पद्ती सम्बन्धी अध्ययन अनुसन्धानको विषयमा काठमाडौंमा एक छलफलको आयोजना गरियो ।
सो छलफलमा शोभालय समावेशी समाज (SISN) नेपालका अध्यक्ष मुकुन्दहरी दाहालले मुख्य संरचनाको व्यक्तिगत अनुभव अन्तर्गतको अवस्था, कानूनी तथा सेव सुविधाको व्यवस्था वा उपयोगको जानकारीका विषयमा अध्ययन अनुसन्धान गरी तथ्याङ्क संकलन गरिने बताउनु भयो । सो छलफलमा उहाँले मथी उल्लेखित ४ प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर छलफल गरी आवश्यक सूचना लिने र लक्षित वर्गलाई समावेश गरी छलफल गरिने बताउनु भयो । साथै ७ वटै प्रदेशमा प्रश्नावली तयार गरी १५० जनालाई अध्ययन अनुसन्धानमा समावेश गरिने, चित्र सहितको सामाग्री तयार गरी प्रयोग गर्ने पनि जानकारी गराउनु भयो ।
कोशिशका कार्यक्रम अधिकृत रश्मिता तामाङ्गले मनोसामाजिक, बौदिक, श्रवणदृष्टिविहिन र अटिजम अपाङ्गता भएका व्यक्तिहरुको कानूनी क्षमता र सहयोगी सहितको निर्णय पद्तीका विषयमा सरकारी निकायहरुसँग छलफल गरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको धारा १२ को कानूनको अगाडि समान मान्यतलाई कार्यन्वयन गर्नका लागि वकालत गर्नु पर्ने बताउनु भयो । साथै उहाँले यस विषयमा जनचेतना जगाउने, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधित्व गराउदै प्राप्त सल्लाह सुझाबको आधारमा काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसै क्रममा बौदिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले यस्तफ छलफल ज्यादै उपयुक्त हुने भन्दै अध्ययन अनुसन्धानका लागि अन्तरवार्ता लिने संख्याको सिमितता हुनु पर्ने र प्रश्नावलीलाई सरल बनाउन तथा अन्य कार्यहरुमा संस्थागत रुपमा आवश्यक सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी राष्ट्य अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराइले मनोसामाजिक, बौदिक, श्रवणदृष्टिविहिन र अटिजम अपाङ्गता भएका व्यक्तिहरुको अध्ययन अनुसन्धानका लागि तयार गरिने सामाग्रीहरु ठुला अक्षरमा, अडियो, यूनिक कोडमा तयार गरी सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा पुर्याउनु पर्ने सुझाब दिनु भयो ।
त्यसै गरी बहिरादृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नोरु शेर्पाले सूचना संङ्कलन गर्दा श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने गरी स्पर्श सञ्चारको ज्ञान भएको व्यक्तिको व्यवस्था गर्न सकेमा यो अध्ययन अनुसन्धान अझै प्रभावकारी हुने बताउनु भयो ।
सो छलफलमा सहभागीहरुले अध्ययन अनुसन्धानका लागि प्रयोग गरिने सामाग्रीहरु सरल भाषामा, चित्रात्मक रुपमा, ब्रेललीपी तथा अडियोमा तथा ठुला अक्षर सहितको छापामा बनाउनु पर्ने विषयमा पनि सल्लाह सुझाब दिनु भएको थियो । साथै जनचेतनाका लागि रेडियो कार्यक्रम निर्माण गरी प्रशारण तथा अन्य सामाग्रीहरु निर्माण गरेर सामाजिक सञ्जाहरुमा प्रयोग गर्न सकिने पनि बताउनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु