
गोबिन्द राज ओझा
तिमिले मनमा रहर लिएर मलाई भेट्न भनेर आयौ
मेरो हात समाएर मलाई खोला तरायौ
त्यो मनमा पनि यौवनका रहर होलान् मैले सोचेको छु
तिमिलाई खुसी बनाउन मैले प्रयास गरेको छु
भित्र भित्रैबाट आफै भित्रबाट प्रश्न सोधेको छु
ती आँखाको इशारा मैले बुझेको छु
तिम्रा ती यौवनका भाषाहरू मैले बुझेको छु
त्यसैले तिमि सँग रमाउन आएको छु
तिमिले मनमा रहर लिएर मलाई भेट्न भनेर आयौ
मेरो हात समाएर मलाई खोला तरायौ


