दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अभि र रिकमलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते, बुधबार १९:३२

कीर्तिपुर नगरपालिकाका अभी डाँगी र तार्केश्वर नगरपालिकाकी रिकम भुषाल १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा बुधबार पहिलो भएका छन् । अभी छात्र तथा रिकम छात्रामा पहिलो भएका हुन् ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको ३ हजार मिटर दौडको छात्रमा चन्द्रागिरी नगरपालिकाका हस्त सुनार र छात्रा काठमाडौं महानगरपालिकाकी आयुष्मा आचार्य तथा ८ सय मिटर दौडको छात्रमा बूढानीलकण्ठ नगरपालिकाका पवनराज वाइबा र छात्रामा चन्द्रागिरीकी डोल्मा तामाङ पहिलो भए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको त्रिपलजम्पको छात्रमा कीर्तिपुरका अशोकबहादुर बुढा र छात्रामा बूढानलीकण्ठकी एन्जल गुप्ता तथा सटपुटको छात्रमा गोकर्णेश्वर नगरपालिकाका मनोज श्रेष्ठ र छात्रा तार्केश्वरकी रानी मेहराले स्वर्ण जिते ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु