दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मार्च महिनाभर ग्राण्डी अस्पतालको नारी सम्मान विशेष स्वास्थ्य परिक्षण प्याकेज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते, शुक्रबार ८:०४

काठमाडौँ । काठमाडौँको धापासीस्थित रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मार्च महिनाभर नारी सम्मान विशेष स्वास्थ्य परिक्षण प्याकेज सार्वजनिक गरेको छ ।

ग्राण्डीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मार्च महिनाभर अस्पतालमा उपचारमा आउने महिला विरामीलाई लक्षित गरी नारी सम्मान विशेष स्वास्थ्य परिक्षण प्याकेज सार्वजनिक गरेको हो ।

अस्पतालकी उपमहाप्रबन्धक अर्चना प्रधानले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलालाई तीनवटा छुट्टाछुट्टै स्वास्थ्य प्याकेज सार्वजनिक गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार रु पाँच हजार ९०० मा गाइने कन्सल्टेन्ट, डक्टर कन्सल्टेन्ट, टिएसएच, सुगर फास्टिङ, अल्ट्रासाउण्ड एवडोमेन, युरिन, रुटिन, सिविसी एण्ड भिटामीन डिको उपचार हुनेछ ।

यस्तै, रु ११ हजार ५०० मा गाइने कन्सल्टेन्ट, डक्टर कन्सल्टेन्ट, प्याप सेमेर, टिएसएच, सुगर फास्टिङ, अल्ट्रासाउण्ड एवडोमेन, युरिन, रुटिन, सिविसी एण्ड भिटामीन डि र वोर्न ममोग्राफी सेवा पाउनेछन् ।

यसैगरी, रु १३ हजार ९०० मा गाइने कन्सल्टेन्ट, डक्टर कन्सल्टेन्ट, प्याप सेमेर, टिएसएच, सुगर फास्टिङ, अल्ट्रासाउण्ड एवडोमेन, युरिन, रुटिन, सिविसी एण्ड भिटामीन डि र वोर्न ममोग्राफी, अल्ट्रासाउण्डलगायतका सेवा प्रदान गरिने उपमहाप्रबन्धक प्रधानले बताउनुभयो ।

विस २०६९ सालमा स्थापना भएको सो अस्पतालले २०० शैयामार्फत आम नागरिकलाई विशिष्टिकृत खालको स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु