तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्वलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते, आईतवार ६:३३

काठमाडौं ।कोशी बहुमुखी क्याम्पसका विश्व बानियाँले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा शनिबार स्वर्ण जितेका छन् ।
काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा विश्वले गोल्डेनगेटका रुविन महर्जनलाई ७–११, ११–५, ११–८, ६–११ र १५–१३ को सेटमा पराजित गरे । मेगा कलेज, धरानका सिद्धार्थ तामाङ र गोल्डेनगेटका सुदन गडाल तेश्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा मियाकीले फाइनलमा उदयमोहन श्रेष्ठलाई ११–६, १२–१० र १४–१२ को सोझो सेटमा हराउदै स्वर्ण जिते । मदन आचार्य र बलराम सापकोटा तेश्रो बने । भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र वज्राचार्य पहिलो भए । उनले फाइनलमा निशान प्रधानको चुनौती ११–६, ११–८ र ११–८ को सोझो सेटमा पन्छाए । किरणमुनि वज्राचार्य र नदिमरत्न शाक्य तेश्रो स्थानमा रहे ।
भेट्रान ४० वर्षमाथि महिला सिंगल्स फाइनलमा इन्दिरा पौडेल पराजुलीले सम्झना पोखरेललाई सीधा सेटमा ११–७, ११–३ र ११–९ ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु