तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघद्वारा निःशुल्क स्वास्थ्य शिविर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते, आईतवार ७:३०

फागुन २८, काठमाडौं । नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको आयोजनामा शनिबार कार्भेको पाँचखालको ६ वडामा १७ औं निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।

कार्यक्रममा आमन्त्रित बिशिष्ट अतिथी नेपालस्थित पाकिस्थान दूतावासका कार्यबाहक राजद्रूत उमर अली र कार्यक्रमकी प्रमुख अतिथी पाँचखाल नगरपालिकाकी उपमेयर सुर्यमाँया दनुवारले संयुक्त रुपमा पानसमा दीप प्रज्जलन गरि सो निशुल्क शिविरको उदघाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दे प्रमुख अतिथी पाँचखाल नगरपालिकाकी उपमेयर सुर्यमाँया दनुवारले स्वास्थ्य क्षेत्रमा पिछडिएको पाँचखाल नगरपालिकामा पाकिस्थान दूतावासको सहयोगमा संचालित यस खालको परोपकारी शिवीरले गाँउले जनातालाई थप उत्साहित बनाउने बताउदै नेपाल पाकिस्थान मैत्री तथा सांस्कृति संघले आफनो नगरपालिकाको यो पिछडिएको वडालाई छन्नोट गरेकोमा खुशी व्यक्त गरेको छ।

यसैगरी कार्यक्रममा बोल्दै पाकिस्तान दूतावासका कार्यवाहक राजदूत उमर अलीले विगत लामो समयदेखि नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको सहयोगमा नेपालमा यसखालको शिवीरको आयोजना हुदै आएको र यसले आम नेपाली नागरिलाई सहयोय र यसले दुइ देशको मित्रतालाई अझ प्रगाढ बनाउने बताउनु भयो । साथै उहाँले आगामी दिनमा पनि पाकिस्तान दुतावासले यस खालको परोपकारी सेवालाई सहयोग गरि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यसैगरी नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मन्जुरत्न शाक्यले विगत सत्तह वर्ष देखि संस्थाले हरेक वर्ष फानुन महिनामा नेपालको दुर्गम स्थानमा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको बताउदै यस खालको शिविर संचालन गर्न धेरै चुनौति रहेको बताउनु भयो ।

कार्यक्रममा कार्यवाह राजदूत अली र प्रमुख अतिथी सुर्यमाँयाले दुतावासको तर्फबाट श्री भविस्य माध्यमिक विद्यालयकी प्रधान अध्यापक तारा थापालाई कम्युटर,प्रिन्टर र स्कानर प्रदान गर्नु भएको थियो ।

पाँचखाल नगरपालिका हाम्रो सार्क राष्ट्रको महत्वपुर्ण देश पाकिस्तानबाट विभिन्न समयमा स्वास्थ्य विधामा उच्च शिक्षा हासिल गरि नेपालमै सेवा गरि रहेको चिकित्सकको सहयोगमा संचालित आजको निशुल्क स्वास्थ्य शिविरमा बाल रोग, हाडजोर्नी ।मधुमेह र स्त्री रोगका जम्मा दुइसय एकानब्वे जनाले स्वास्थ्य जाँच गराएका थिए ।

सो स्वास्थ्य शिविरमा बालरोग बिशेषज्ञ डा. रमेश मल्ल, हाडजानी बिशेषज्ञ डा. भरत अमात्य र स्त्रीरोग विशेषज्ञ डा. भावना शिल्पकारले बिरामीहरुको स्वास्थ्य जाँच गरि निशुल्क औषधि दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु