डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २९, सोमबार १६:१२

काठमाडौ । अभिनेत्री बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँ अभिनय रहेको सिनेमा ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक गरिएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले सिनेमाको रिलिज पोस्टपोन्ड भएकको जानकारी समेत दिएको छ ।

यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । प्राविधिक काम नसकिएकाले सिनेमाको प्रचार प्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले रिलिज सार्नु परेकको जानकारी दिएको छ । अब सिनेमा नयाँ २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम सिनेमा समेत हो ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु