डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २९, सोमबार १८:३३

काठमाडौं, २९ फागुन । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार काठमाडौंमा आयोजना गरिएको सभामा वित्तीय संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीकोे अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।
एघारौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको छ ।
साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।
सभाका अध्यक्ष सचिन जङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरुप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेकोे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु