दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रोड रेस र बक्सिङ हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते, सोमबार २०:०१

काठमाडौं ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी गराए ।
रोड रेसमा पुरुष÷महिलाको १० किलोमिटर दौड हुनेछ । दुवै समूहमा शीर्ष ५ स्थान हात पार्ने पुरुष÷महिला खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कोर्ष रेकर्ड तोड्ने खेलाडीलाई थप १० हजार नगद पुरस्कार दिइने छ । आयोजकका अनुसार करिब ४ सय खेलाडी सहभागी हुने रेसका लागि करिब १५ लाख रुपैयाँ खर्च हुनेछ । रेसका लागि राजन खत्रीलाई संयोजक तोकिएको छ । रेस दरबारमार्गबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ ।
बक्सिङमा सातै प्रदेश र ३ विभागीय टोलीका करिब १ सय ४० खेलाडी सहभागी हुने छन् । पुरुष÷महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ । प्रत्येक स्पर्धामा पहिलो हुनेलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ । बक्सिङको अनुमानित बजेट ४५ लाख रुपैयाँ रहेको छ । नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका लागि बक्सिङ संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारीलाई संयोजकको जिम्मेवारी दिइएको छ । खेलहरु बसन्तपुर डबलीमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु