
काठमाडौं, फागुन ३० गते ।नेपाल खेलकुद महासंघको सम्बद्ध संस्था राष्ट्रिय जुडो संघ नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुनुहुने तपाई सम्पूर्ण आमन्त्रित पत्रकार साथीहरुमा हामी हार्दिक स्वागत अभिवादन गर्दछौ । नेपालको खेलकुद क्षेत्रलाई सामाजिक परिवर्तनसंग जोडदै संस्थागत विकास, आपसी समन्वय, सहकार्य र साझेदारीद्धारा खेल वातावरणको निर्माण गरि खेललाई व्यवसायीकरण तर्फ उन्मुख भएको प्रतिभावान, क्षमतावान, सक्षम नैतिकवान खेलाडी तयार गर्दै विकसित समाजको परिकल्पना गर्ने हेतुले नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघ, नेपाल र नेपाल जुडो संघको संयुक्त आयोजनामा, वार्षिक कार्यक्रम क्यालेण्डर अनुसार यहि आउँदो २०७९ साल चैत्र १ गतेदेखि ४ गते राष्ट्रिय रेफ्रि सेमिनार तथा परीक्षा–२०७९, नेकोस – तेस्रो भेट्रान्स जुडो प्रतियोगिता–२०७९, नेकोस–छैठँंै अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता–२०७९, कार्यक्रम आयोजना गरेको जानकारी गराउँदछौं ।
यस कार्यक्रमहरू ःःब्ऋ हल, खुशिबु, नयाँबजार, काठमाडौंमा हुनेछ । चैत्र १ र २ गते रेफ्रि सेमिनार र ३ र ४ गते प्रतियोगिताको दौरानमा परीक्षा हुने छ । यस रेफ्रि परीक्षामा उत्तिर्ण हुनेहरूलाई राष्ट्रिय रेफ्रि लाइसेन्स प्रदान गरिने छ ।
चैत्र १ गते ३५ वर्ष भन्दा माथिका भेट्रान्स खेलाडीहरूका लागि नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता हुनेछ । यस प्रतियोगितामा विजेता हुनेहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।
चैत्र ३ र ४ गते मित्रराष्ट्र भुटान र जापानसहित नेपालको विभिन्न जिल्लाहरू बाँके, दाङ्ग, कास्की, मकवानपुर, सोलुखुम्बु, काभ्रे, ललितपुर भक्तपुर, पर्सा तथा काठमाडौं जिल्लाहरु सहित उपत्यकाभित्र रहेका विभिन्न क्लब, डोजो, विद्यालय, कलेज, संघ सस्था सहित जम्मा १९ टिमले नेकोस–छैठौ“ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता–२०७९, मा सहभागी जनाउदै छन् । यस प्रतियोगितामा सब–क्याडेट (१५ वर्षभन्दा मुनि), क्याडेट (१५ वर्षदेखि १८ मुनि सम्मका) र जुनियर (१५ वर्षदेखि २१ मुनि सम्मका) गरी तीन तहमा विभाजन गरी खेलाइने छ । साथै खेलाडीहरूको उमेर अंग्रेजी क्यालेण्डर अनुसार मापन गरिएको छ । यस प्रतियोगितामा विजेता हुने तीनवटै तहका खेलाडीहरूई पदक तथा प्रमाणपत्र तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफि र उत्कृष्ट महिला तथा पुरुष १÷१ जना खेलाडीहरूलाई समेत ट्रफि प्रदान गरिने छ ।
यस प्रतियोगितामा सहभागि सम्पुर्ण खेलाडीरू, अफिसियल तथा निर्णायकहरूलाई कार्यक्रम अवधिभर खाना, खाजा तथा बसोबासको सम्पुर्ण व्यबस्था समेत गरिएको छ । यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई जुनियर तर्फ क्रमशः राष्ट्रिय टिम ब्, टिम द्य र टिम ऋ बनाइने छ ।
तौल समुहः–
सब–क्याडेट
पुरुष तर्फ –२०, –२४, –२७, –३०, –३४, –३८, –४२, –४६, –५०, –५५, –६०, ं६०
महिला तर्फ –२२, –२५, –२८, –३२, –३६, –४०, –४४, –४८, –५२, ं५२
क्याडेट
पुरुष तर्फ –५०, –५५, –६०, –६६, –७३, –८१, –९०, ं९०
महिला तर्फ –४०, –४४, –४८, –५२, –५७, –६३, –७०, ं७०
जुनियर
पुरुष तर्फ –६०, –६६, –७३, –८१, –९०, –१००, ं१००
महिला तर्फ –४८, –५२, –५७, –६३, –७०, –७८, ं७८
यस प्रतियोगितामा महिला १०४ र पुरुष १४९ गरी जम्मा २५३ जनाले सहभागी जनाउँदै छन् ।
यस प्रतियोगिताको अनुमानित बजेट रू.१३,९५,०००।– (तेह्र लाख पञ्चानब्बे हजार मात्र) रहेको छ ।
यस कार्यक्रमको समुद्घाट्नका प्रमुख अतिथि नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य एवं नेकोस इन्चार्ज माननीय गोकुल बास्कोटाज्यूले २०७९ साल चैत्र ३ गते दिनको १ बजे गर्नु हुनेछ भने समापन चैत्र ४ गते नेकपा (एमाले) का श्रद्वय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यमा कार्यक्रमको समापन गरिने छ ।


