
काठमाडौं । १० औ कतार अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा सहभागी हुन नेपाल डेरी एसोसिएसनको टिम कतार पुगेकोछ।
कतार स्थित दोहा प्रदर्शन कन्भेसन केन्द्रमा मार्च १५–१९, २०२३ मा हुने १० औ अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट डेरी एसोसिएसनका उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मनोज घिमिरेको नेतृत्वमा एसोसिएसनबाट कोशी प्रदेश अध्यक्ष गंगा खड्का, सचीव अशेश बुढाथोकी, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, उपाध्यक्ष ध्रुव तिवारी, सह-कोषाध्यक्ष राजकुमार वाईबा र सह-सचिव रबिन्द्र हुमागाईंको टिम प्रदर्शनीकर्ता एवं भिजिर्टसका रुपमा कतार प्रस्थान गरेको छ । मेलामा चिया, जडीबुटी हर्वल, अलैची, अदुवा, डेरीका उत्पादन रहने जानकारी गराइएको छ । नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार, निर्यात व्यवसायी महासंघ नेपाल आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रही मेलाको आयोजना भइरहेको जनाइएको छ । ६ वटा उद्योग प्रतिष्ठानहरुको सहभागिता रहने छ भने मेलामा नेपाल टी, नेपाल हव्र्स, लार्ज कार्डमम् कलेक्टिभ ट्रेडमार्कको प्रर्वद्धन गरिनेछ ।
कतार नेपालको व्यवसायिक सम्बन्ध बैदेशिक रोजगारको गन्तव्य देश मात्र नभई नेपालका मौलिक उत्पादनको पहिचार र प्रर्वद्धनका लागि कतार सरकार, नेपाल सरकार, नेपाली राजदुतावास र निर्यात व्यवसायी महासंघको संयुक्त प्रयासमा ६ दिने मेलामा सहभागिता तथा पारस्परिक व्यापारिक सम्बन्ध विस्तार गरि नेपालका मौलिक तथा बिशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने उदेश्यले मेलामा नेपाली प्रतिनीधि मण्डल कतार पुगेको जानकारी गराइयो ।
महामहिम राजदुत डा. नरेश बिक्रम ढकाल, भुवन भट्ट, त्यहाँ स्थित नेपाल व्यवसायी संघका अध्यक्ष श्री महेन्द्र चम्लागाई, श्री शंकर न्यौपाने दोहा चेम्बर्स, व्यवसायिक प्रतिष्ठानहरु र नेपाली व्यवसायीहरु बीच सामुहिक छलफल सहित एकल बैठक समेत हुने जानकारी भएको छ । यसै सन्दर्भमा दोहा स्थित महामहिम राजदुतज्यूसँग डेरी एसोसिएसनको टिमले भेटघाट एवं गरि छलफल गरि दुई देश बिच विषेश गरि डेरीका उत्पादनलाई कसरी व्यापार प्रर्वद्धन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको एसोसिएसनका उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मनोज घिमिरेले जानकारी गराउनु भयो ।


