डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

हस्पिलिटी क्षेत्रमा सक्रिय युवा इन्जिनियर बेजिन्द्र गौतम सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ३, शुक्रबार ०८:१०

काठमाडौ । द मल्ल होटल लैनचौरमा असिस्टेन्ट चिफ इन्जिनियर पदमा कार्यरत हस्पिलिटी क्षेत्रमा सक्रिय युवा इन्जिनियर बेजिन्द्र गौतम राष्ट्रिय पर्यटन सेवी सम्मान २०७९ बाट सम्मानित भएका छन् ।

काठमाडौमा बिहीबार फोकस नेपालले आफ्नो दशौँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको “बर्तमान शिक्षा नीति र आगामी चुनाैतीहरू” भूमिका” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सम्मान कार्यक्रममा प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मी र बिशिस्ट अतिथि पूर्व शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गौतमलाई सम्मान गरेका हुन् ।

सम्मानित भए पछि खुसि ब्यक्त गर्दै गौतमले आफुलाई लायक सम्झेर सम्मान गरेकोमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लाई धन्यबाद दिदै हस्पिलिटी तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

सन २००५ मा इलेक्ट्रिकल इन्जिनियरिङ् सकिएपछि हस्पिलिटी क्षेत्रमा प्रवेश गरेका बेजिन्द्र होटल अन्नपूर्ण,द्वारिकाज होटल, होटल अकमा ,रूपाकोट रिसोर्ट,बेलायत,अफ्रिका लगाएतमा कर्म क्षेत्र बनाउँदै लोभलाग्दो सफलता अनुभव हासिल गरिसकेका छन् ।

कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए ।

कलाकारहरूले नृत्य एवं बिशेष साँगितिक प्रस्तुति सहित आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु