डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

जित बहादुर र मनिषा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ४, शनिबार ०७:००

काठमाडौं । ओलम्पियन जित बहादुर केसी र करातेकी मनिषा चौधरी सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो १०औं खेलकुद दिवसको अवसरमा ओलम्पियन केसी र १३औं सागकी कास्यपदक विजेता मनिषालाई नगद, दोसल्ला र प्रशंसा पत्रले सम्मानित गरेका हुन् ।
उनीहरुलाई हाइड एन्ड सिक किन्डरगार्डेनकी संस्थापक प्रिन्सिपल कुमद भट्ट र संस्थापक निर्देशक इन्दिरा गौतमले सम्मानित गरे । हाइड एन्ड सिक किन्डरगार्डेनले दुई दिने खेलकुद कार्यक्रमको पहिलो दिन ओलम्पियन केसीलाई तथा दोस्रो दिन करातेकी मनिषा चौधरीलाई सम्मानित गरेका हुन् । खेलकुद दिवसको पहिलो दिन प्ले ग्रुप र नर्सरीको तथा दोस्रो दिन एलकेजी र युकेजीका विद्यार्थीहरुले दैनिक जीवनमा आधारित रहेर विभिन्न खेलहरुमा प्रतिस्पर्धा गरेको विद्यालयको खेलकुद प्रशिक्षक हरि लामाले जानकारी गराए । प्रिन्सिपल भट्टले पुरानो पुस्तादेखि नयाँ पुस्तालाई हरेक वर्ष सम्मानित गर्ने उद्देश्यअनुरुप यस वर्ष ओलम्पियन केसी र करातेकी उदियमान खेलाडी मनिषालाई सम्मानित गरिएको बताइन् । आफ्नो विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि पारिवारिक वातावरणमा अध्यननसँगै खेलकुदलाई पनि प्राथमिकता दिएको बताइन् । यसअघि हाइड एन्ड सिक किन्डरगार्डेनले १३औं सागमा स्वर्ण जित्न सफल फुटबलका विकेश कुथु, करातेकी अनु अधिकारी र विप्लवलाल श्रेष्ठसँगै प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई सम्मान गरेको थियो । यस्तै फुटबलका सन्देश श्रेष्ठ पनि सम्मानित भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु