डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ४, शनिबार ०७:५२

काठमाडौँ – बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र आगामी जेठ १२ गतेदेखि प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका निर्माता शेखर लामाले जानकारी दिए । यसअघि चैत ३ गते प्रदर्शनको मिति तोके पनि प्राविधिक कारणले दुई महिनापछि प्रदर्शन गर्न लागिएको हो ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको हो । चलचित्र निर्देशन देवजङ्ग थापा, छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन्। चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन, भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।

उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ । चलचित्र ‘टुल्की’ ले नेपाल ग्रामीण चलचित्र महोत्सव–२०७९ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु