डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

बरिष्ठ गायक आनन्द कार्की सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ४, शनिबार ०९:११

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २६, ज्योतिनगरमा रहेको कालिका संस्कारकुलम आवासिय माध्यमिक विद्यालयमा नेपाली सांगीतिक क्षेत्रका चर्चित सदावहार बरिष्ठ गायक आनन्द कार्की सम्मानित हुनुभएको छ ।

विद्यालयको ३१औँ अभिभावक दिवस एवम् सम्मान कार्यक्रममा सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका गायक कार्कीलाई सम्मान गरिएको हो । गायक कार्की नेपाली सांगीतिक धरातलमा बिगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका कार्की गायनबाट अन्तरराष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन सक्रिय छन् । उहाँले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी छ हजार भन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ ।

कार्यक्रममा समाजसेवी महिला अधिकारकर्मी मञ्जु् खाँडलाई पनि सम्मान गरिएको थियो ।भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रशेन अधिकारी प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ॠषिराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरे र सहायक प्रधानाध्यापक दिवस घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु