काठमाडौँ । नेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित हुनुभएको छ ।
महासङ्घको चैत ४ र ५ गते काठमाडौँमा सम्पन्न निर्वाचनमा शाह उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । शाह महासङ्घको विधानको दफा ३ उपदफा २ बमोजिम उपाध्यक्षमा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले जानकारी दिनुभयो ।
नवनिर्वाचित उपाध्यक्ष शाहले नेपालमा उसु खेलको विकास र विस्तार एवम् अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न अविश्मरणीय योगदान दिने विश्वास महासङ्घले लिएको छ ।