आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

एक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ५ गते, आईतवार २१:११

काठमाडौं, ५ चैत्र । खानेपानी तथा सरसफाई क्षेत्रमा विद्यमान सबै मुद्दाहरुलाई समेटेर एक महिनाभित्रै सरकारले नयाँ नीति ल्याउने भएको छ ।

आजदेखि राजधानीमा आयोजित “बर्षातको पानी संकलनः खानेपानी सुरक्षण र जलवायु परिवर्तनका असरहरुको संबोधन” विषय दुई दिवसीय राष्ट्रिय सम्मेलनको समुद्घाटन मन्तव्यमा खानेपानी मन्त्रालयका सचिव ई. मणिराम गेलालले यसको जानकारी दिनुभएको हो ।
खानेपानी र सरसफाईका क्षेत्रमा विद्यमान सबै विषयहरुलाई समेटेर एक महिनाभित्र नयाँ नीति आउने छ, सचिव गेलालले भन्नुभयो, यसमा जलवायु परिवर्तन, बर्षातको पानी संकलन, भूमिगत पानीको उपयोग र सरसफाईका हाल देखिएका सबै समस्याहरुलाई संबोधन गरिने छ ।
उहाँले यसै बर्ष खानेपानी तथा सरसफाई ऐन २०७९ आएको स्मरण गराउदै ऐन अनुकूलको नियमावली छिट्टै आउने जानकारी पनि दिनुभयो ।

सचिव गेलालले खानेपानी क्षेत्रका हालदेखिएका र भविष्यमा आउने सबै खाले चुनौतिहरुको समाधान गर्न सरकार सबैसंग सहकार्य गर्न तयार रहेको पनि जानकारी दिनुभयो ।

खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रा.लिद्धारा आयोजित राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताको रुपमा एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा.बिन्दुनाथ लोहनीले “पानी सुरक्षित र पानी लचिलो हुन के गर्ने ?”भन्ने विषयमा मन्तव्य दिनुभएको थियो भने इन्टरनेशनल रेनवाटर हार्भेष्टिड. एलायन्सका अध्यक्ष हान हेज्नानले “बर्षातको पानी अति मूल्यवान ” भन्ने विषयमा ।

सम्मेलनमा स्वागत मन्तव्य प्रकट गर्दै स्मार्ट वास सोलुुसन्सका अध्यक्ष ई. रामदीप साहले जलवायु परिवर्तनले बर्षातको प्रवृत्ति परिवर्तन भैरहेको लामो खडेरी हुँदा पहाड र हिमाली क्षेत्रमा पानीको मुहान सुकेर बसाई सर्नुपर्ने बाध्यता उपस्थित भैरहेको र तराईमा भूमिगत पानीको तह घट्दै गएको बताउनुभयो । उहाँले बर्षातको पानी संकलनलाई हरेकले घरमा ,समुदायमा उपयोग गर्न सके पानीको अभावका कारण सिर्जित हुने बर्षाको पानीको समुचित व्यवस्थापन नभएर बाढी र पहिरोजाने प्रवृत्ति न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

विश्वपानी दिवस सप्ताहको अवसर पारेर आयोजित सो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री ई. गणेश साहले पानीको समस्याबाट मुक्त हुनासाथ व्यक्ति, परिवार,समाज र राष्ट्र विकासका अन्य कार्यमा समर्पित हुन पाउने भएकोले पानीका समस्या समाधान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो ।

सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेपाल विज्ञान प्रविधि प्रज्ञाप्रतिष्ठान(नाष्ट)का पूर्वउपकुलपति डा. सुनिलबाबु श्रेष्ठले नेपाललाई पानीको संकटबाट मुक्त गर्न र पानीबाट आउने संकट न्यूनीकरण गर्न बर्षातको पानी संकलन अचुक उपाय भएको बताउनुभयो । सम्मेलनको प्राविधिक समितिका संयोजक समेत रहनुभएका डा. श्रेष्ठले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरुको बारेमा जानकारी पनि दिनुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै वाटर एड नेपालका देशीय प्रतिनिधि तृप्ती राईले वर्षातको पानी संकलनलाई घरमा सोलार राखेजस्तै सरल ढंगले उपयोगमा ल्याउन सके हरेक परिवार पानीको संकटबाट मुक्त हुने बताउनुभयो ।

यो सम्मेलनको सहआयोजकमा उच्चस्तरीय वागमती सभ्यता संरक्षण तथा विकास समिति, नगर विकास कोष, इन्टरनेशनल रेनवाटर हाभेष्टिड। एलाएन्स, ग्लोबल पिस फाउण्डेशन नेपाल,दियालो टेक्नोलोजी प्रा.लि., बायोग्यास सपोर्ट प्रोग्राम र इन्भायरोमेन्ट एण्ड रिसोर्सेज म्यानेजमेण्ट कन्सल्टेन्सी (इआरएमसी)रहेका छन् । सम्मेलनलाई नेवाःह, नेपाल वाटर फर हेल्थ, एसएनभी, हेल्भेटास, बेष्ट पानी प्रा.लि.,सस्टेनेबल प्रस्परिटी इनिसियटिभ नेपाल, इन्टरनेशनल बाटर म्यानेजमेन्ट इन्स्टिच्युट र प्लाष्ट नेपाल फाउण्डेनको सहयोग रहेको छ ।
आयोजक समिति एवम् स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. साहका अनुसार सम्मेलनको अन्त्यमा काठमाडौं घोषणा जारी गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु