बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

विश्वासको मत प्राप्त हुनु प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतीको आधार सबल हुनु हो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ८ गते, बुधबार ०७:३९

–शिव अधिकारी
सबै जनताको चाहना भनेको सुविधा जनक जीवन निर्वाह नै हो । यसै परिवेशमा देशवासीहरुले सधै आफू र आफ्नो पारिवारिक शुख सुविधा सुनिश्चित होस् वाल वच्चाको स्वास्थ शिक्षाको उचित व्यवस्था होस् आफू बसोवास गरेको क्षेत्रको सुरम्यता बढोस भन्ने नै हो । उनिहरु यि सबै कुरा प्राप्तीको लागि दिनरात मेहनतरत हुन्छन । हो जनताले आफु बसोवास गरेको क्षेत्रको सुरम्यता र सुविधाजनक अवस्थालाई समग्र देशको पारिवेशिक विकास परिकल्पना गरिरहेका हुन्छन । यसैले उनिहरु आफ्नो क्षेत्रमा बाटो घाटोको व्यवस्था राम्रो राख्ने र विद्यायल विश्व विद्यालय खाने पानीको सुविधा जनक व्यबस्था मिलाउनको लागि संघर्षरत रहन्छन । यतिमात्र नभएर आफूले गरेको परिश्रमको उचित मूल्य पाईयोस कसैले शोषण नगरोस् सरकारले दिने सेवा सुविधा सहज प्राप्त होस भन्ने नै उनिहरुको चाहना हो । यसै परिवेशमा बस्ति बस्तिबाट प्रतिनिधित्व गर्ने नेताहरु स्वाभाविक रुपमा अगूवाई गरिरहेका हुन्छन । तिनै नेताहरुको संयुुक्त स्वरुप बनेर सरकार बनेको हुन्छ । यसरी बनेको सरकारले देशको सार्वभौम सुरक्षा र जनचाहना पुरागरोस भन्ने सोचमा कुठाराघात हुनु हुँदैन । यो नै चाहना जनताको हो ।

अहिले जनताको लामो प्रतिक्षा पछि संघर्षको प्रतिफल बनेर जीवनभर युद्धरत अवस्थामा आफू समर्पित भएका व्यक्तित्व पुूूस्पकमत दाहाल प्रचण्डले सरकारको नेतृत्व गरिरहनु भएको छ । वास्तवमा यो जन अपेक्षा पनि हो । यतिमात्र नभएर देशमा जनता जनता विचको जातीय छुवाछुत, आर्थिक असमानता जस्ता कुराको अन्त्य गर्दै सबैलाई सम्पन्न बनाउनुको साथै यो देशलाई विश्वको सर्बाधिक धनि बनाउने क्षमता प्रचण्डमा मात्र छ ।
नेपालको इतिहासले यो देशको सुनौला पक्षहरुको बारेमा धेरै लामो जानकारी गराई रहेको छतापनि यहाँका सामन्त र दलाल साशकको निरंकुश प्रबृति र व्यवहारले यो देशले ठूला ठूला संकटहरु बेहोर्नु परेको कुरा पनि हाम्रो लागि टाढाको कुरा भएन । किनभने यो देशमा परापूर्वकाल देखि सत्ता छिना झट्टीको खेल हुँदै आयो । यसै क्रममा यो देशलाइ विश्व समूदायमा परिचित गराउने व्यक्तित्वको योगदानले ठूलो महत्व राखेको छ । विश्वलाई नै नयाँ जागरण सहितको शान्ति सन्देश दिने गौतम बुद्धको जन्म नेपालकै माटोमा हुनु र उनको जागरण अभियानले विश्व समुदायलाई तरंगित बनाउन सक्नुलार्ई पनि हामीले गर्व गर्ने ठाउँ रहेको छ ।
लुम्विनिमा इशापुर्व ५६३ मा जन्मिएका गौतम बुद्धले आफ्नो राजकीय सशन सत्ता र सोख सयल सबै त्यागेर सर्ब समानताको लागि आफूलाई समर्पित गरेको कुरा कति मार्मिक छ । त्यस्तै लिच्छवीकालमा भृकृटीले यो देशको सुरक्षा र सम्बृद्धिको लागि आफू समर्पित भएर विरानु परिवारमा विवाह वन्धनमा बाँधिन पुग्नु । त्यहाँ गएर पनि नेपालको सांस्कृतिक पहिचान दिएको कुरालाई क्रान्तिकारी कदम भन्दा केही गल्ती हुँदैन ।
अरनिकोले चिनमा स्वेत स्तुप बनाउने देखि लिएर कुवलाखाँको दर्बार देखि चिनीय जनतासम्म कमाएको ख्याति कम महत्वको छ र ? यस्तै भिममल्लले त्यस बखत देशकोे हितको लागि तिब्बत संग गरेको सम्वन्ध विस्तारको बदलामा उनलाई मृत्यको मुुखमा हालिदिने साशकलाई के भन्ने ? त्यस्तै पृथ्वी नारायण शाह पछि बहादुर शाहको कुशलताले आज्र्याको यो देशको संरक्षणको आधार बनाउन जनताले गरेको वलिदानी संघर्षको मार्मिक इतिहासले नै देशबासी राष्ट्र राष्ट्रियता र जनपक्षीय साशन व्यवस्थाको निमित्त कतिको समर्पित छन भन्ने कुरा स्पष्ट हुन पुग्छ । यद्यपी भिम मल्लको साथै बहादुर शाह जस्ता देशप्रेमीहरुको मान मर्दन गर्ने साशक प्रबृति बिरुद्ध कुनै कुनै कोणबाट उठेको क्रान्तिकारी संग्रामको आमन्त्रणमा नेपाली समाको तिब्र प्रतिक्षा रहनु स्वाभाविक थियो ।
शाहकाल संगै जोडिएर आएको राणा साशन त्यतिकै एकतन्त्रिय निरंकुश थियो । आखिर यी सबै प्रबृतिको बिरुद्ध जनताको उकुस मुकुसको प्रतिफल बनेर भारत प्रवासी विश्वेश्वर, सुवर्ण, मनमोहन, पुस्पलाल, नरहरीनाथ जस्ता चरित्रका विभिन्न व्यक्तित्वहरुको सकृयतामा नेपाली कांग्रेश, नेपाल कम्यूनिष्ट पार्टीको स्थापना भएको कुरा नेपालको राजनीतिक इतिहासमा पढ््न मात्र होईन अहिले यिनै नामबाट उपस्ति शक्तिहरुको सामाजिक बर्चस्व समाजले बेहोरी रहेकै पाईन्छ । यसै विच २०१७ सालको पञ्चायती व्यवस्था २०४६ सालमा आएर अन्तहुनपुगेको हो । पञ्चायत व्यवस्थाको ठाउँ संसदीय व्यवस्थाले लिन पुगे पछि साँच्चै सरकार जनपक्षीय हुन्छ भन्ने सोचमाथि फेरी कुठाराघात हुनपुग्यो । यसै क्रममा कम्यूनिष्ट नेता मदन भण्डारी र जीवराज आश्रितको हत्या हुनु, दुभाग्यपूर्ण घटना पनि नेपाली समाजले बेहोर्नु परेको हो । यतिमात्र नभएर जनयुद्धको क्रममा होनाहार व्यक्तित्वहरुको हत्या भयो ।
यसंसदीय व्यवस्था पुनस्थापना पछि पनि सरकार निरंकुश हुने मात्र होईन स्थापित संरचना समेत बेच विखन गरेर संपत्ति थुपार्ने तर्फ नेताहरु अग्रसर हुनु र उदारी करण, नीजिकरण, बजार अर्थव्यवस्थाको नाममा राष्ट्रको सम्पत्ति दुरुपयोग गर्ने र विनास गर्ने जस्ता क्रुरताको विरुद्ध जब बाबुराम भट्टराईले ४० बूँदे मागपत्र प्रस्तुत गरेका थिए । यसरी पेश गरेको मागपत्रलाई सरकारले नसुनेपछि २०५२ साल फागुन १ गते देखि सरकारको बिरुद्ध जनयुद्धको घोषण गरि प्रचण्डको नेतृत्वमा देशमा नयाँ राजनीतिक जागरण शुरु भएको हो । .हो जनयुद्धमा नोक्सान भयो, सरकारको तर्फबाट निर्दोष मानिस मारिए, जनयुद्धकारीको तर्फबाट पनि केही मारिएका हुन .। यो उनिहरुको आईलाग्ने लार्ई जाई लाग्नेबाटोबाट सिर्जित घटना मात्र हो ।
शुरुमै यो जनयुद्ध हुन नदिन ४० बुँदे माग प्रति सरकार सकारात्मक भएको भए यतिठूलो जनहत्या हुने थिएन ।.यसर्थ जनयुद्धकालका घटनाको जिम्मेवार प्रचण्डलाई बनाएर तत्कालिन अवस्थाको सरकार चोखो बन्न मिल्दैन । यस सन्दर्भमा जनताले पनि बुझ्नु पर्ने कुरा चै सरकारको निरंकुशताको कारण त्यत्रो धनजनको क्षती भएको हो । यसमा सरकार दोषी हो । प्रचण्डलाई दोष लगाउनु निरर्थक हुन्छ । यसैले सरकार जिम्मेवार भएको भए धनजनको क्षति हुने थिएन .। समाजमा घटेका र घट्न सक्ने सबै खाले घटना दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनु पर्छ . सरकार निरंकुश हुनुको कारण १७ हजार भन्दा बढि होनाहार जनशक्ति देशले गुमाउनु प¥यो .। यद्यपी यो हत्या र नोक्सानीको जिम्मेवार माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड होईन त्यस वेलाको सरकार नै हो ।
अहिले पुस्पकमल दहाल प्रचण्डले तेश्रो प्रधानमन्त्रित्वको जिम्मेवारी समालिरहनु भएको छ । वहाको पहिलो कार्यकाल त्यति सुखद रहेन । तत्कालिन अवस्थामा राष्ट्रपतिले समेत उहालाई गलत बनाउन ठूलो षढयन्त्र गरेका थिए । जुन कुरा मन्त्रिपरिषदबाट गरिएको प्रधान सेनापति नियुक्तिको सिफारिस समेत असंम्बैधानिक ढंगबाट अस्वीकार गरिएकोबाट स्पष्ट हुन्छ । बास्तवमा यसै कारण बनेर प्रचण्डले त्यतिखेर राजिनामा गर्नु परेको थियो । दोश्रो कार्यकालमा भूकम्पीय विनासको पुननिर्माण र वेल्टएण्ड रोडको संझौता लगायत चिनसंगको सुधुर सम्वन्धको साथै भारतसंगको पारस्पारिक मित्रतामा नयाँ आयम स्थापित गर्न प्रचण्डलाई सफलता मिलेको हो ।
जनस्तरमा अनेकौँ सकारात्मक सुधारका कार्यक्रममा लगनशील रहँदा रहँदै वहाको दोश्रो कार्यकाल पनि अन्त भयो । हो जनयुद्धमा ग्र्रामीाण क्षेत्रलाई सम्बृद्ध बनाउने आफ्नै स्थानीय सरकार बनाएर साशन गर्ने अभ्यासमा रहेका प्रचण्डको चाहना यो पटक पनि पुरा भएको थिएन । वहा यस बिषयमा चिन्तनशील नै रहेर पार्टीको नेतृत्वमा निरन्तर रहीरहनु भयो ।
राजनीति निरन्तरको खेल हो । वहाको सकृयतामा कति पनि कमि आएन । फलस्वरुप कम्यूनिष्ट एकताको तिव्रचाहना अनुसार वहाले एमालेसंग एकता गर्नसम्म पछि पर्नुभएन । ओलीको नेतृत्वमा रहेको एमालेसंगको एकता जनस्तरमा खुशीको कुरा भएपनि नेतृत्व तहमा षढयन्त्रको खेल बन्न पुग्यो । ओलीले कतिखेर प्रचण्डलाई सिध्याईहाल्ने र माओवादीको नाम निशान नै नराख्ने जस्ता अनेकौँ खेल खेल्न थाले । फलस्वरुप उनले आफैलाई प्रधानमन्त्रिको कुर्शीमा विराजमान गराउने प्रचण्डलाई आधासमय सरकार चलाउने सहमती गरेको कुरा विर्र्सेर लाजै नमानी ससद विगठन र नयाँ चुनावको नाटक मञ्चन गर्न पछि परेनन । दुइ, दुइ पटक संसद विगठन गरे पनि उनको भारतीयहरुसंगको वफादारिता निभाउने सपना पुरा गर्न प्रचण्डले नदिएको कुरा छर्लंग नै भै सकेको छ । फेरी ओलील जनयुद्धलाई ठाडै अस्वीकार गर्दै सम्बिधान सभाको माग राख्नु गाडा चढेर अमेरिका जानु जस्तै हो भनेका थिए । ििकनभने पछि आएर यो गणतन्त्र संविधान निर्माणमा उनकै ठूलो भूमिका रहेको देखाउन तम्सिनुले उनलाई लज्जा वोध भएको पाईएन । आखिर दुई तिहाई बहुमत हासिल गरेको सरकार उनकै कारण ढल्नपुग्यो । उनि पनि सत्ताबाट बहिरिन पुगेको पीडा वोध बेला बेलामा अहिले प्रकट गरिरहेका छन ।
ओलीले संझनुपर्ने हो उनलाई प्रधानमन्त्रि बनाएर गुन लगाउने प्रचण्ड नै हुन । प्रचण्डकै नेतृत्वको जनयुद्धले नयाँ संबिधान ल्याएकै हो । तर उनले सबै विर्से । वास्तवमा .हुनपनि जनयुद्धले नै अहिलेको परिवर्तन ल्याएको हो .। यसले गर्दा रवि जस्ता आप्रवासी पनि उपप्रधानन्त्रि बनेर गृह मन्त्रालयको कार्यभारको जिम्मा पाए । देशभरका दलित जनजाती महिला सबैले उच्च तहमा पुगेर काम गर्ने मौका पाए ।. जनयुद्धकै परिणाम मधेशका रामवरण यादव र महिला प्रतिनिधिको रुपमा विद्या भण्डारी पनि राष्ट्रपति हुन पुगे .। यति ठूलो उपलब्धीलाई पनि ओली जस्ता अवसरवादी चटकीले बुझ्न सकेनन ।
परिवर्तन पछिको गणतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्रि हुनुभएका माओवादी अध्यक्ष पुस्पकमल दाहाल नै हो । यसै सन्दर्भलाई लिएर प्रचण्डले नयाँ युगको पदचाप भन्ने पुस्तकमा “हाम्रो प्यारो देश नेपाललाई बाह्य रुपमा विविधखाले अर्ध–औपनिवेशिक र नव –औपनिवेशिक उत्पीडन र आन्तरिक रुपमा सामन्ती राजतन्त्रात्मक शोषण उत्पीडनबाट मुक्त गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अमूल्य योगदान गर्नुहुने महान् जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका सम्पूर्ण सहिदहरु, बेपत्ता पारिएकाहरु र घाईते योद्धाहरुलाई ”उच्च सम्मान गर्दै सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सोही पुस्तकमा गणतन्त्रको स्थापनालाई एकात्मक साशनको अन्त्य गरि संघात्मक ढाचामा पुनस्पापित गरि देशमा युगान्तकारी परिवर्तन भएको र यसबाट विभिन्न जात, जाती, क्षेत्र, लिंग, र समुदायले राज्य र समाजका सबै अंगहरुमा समानुपातिक समावेशी हिस्सेदारको हक प्राप्त गरेका छन समेत भन्नुभएको छ । यो वहाको देशलाई सामन्ति अर्ध औपनिवेशिक सोचबाट माथि उठाएर आर्थिक विकास गर्ने नयाँ संकल्प थियो भन्ने लाग्छ । .
अहिले माओवादीका अध्यक्ष रहेका काम्रेड पुस्पकमल दाहाल प्रचण्ड तेश्रो पटक प्रधानमन्त्रि हुनुभएको छ । वहाको नेतृत्वमा बनेको सरकारको सबलताको लागि वहाको समर्थनमा पुस २६ गते २६८ सभासदले विश्वास दिएका थिए । यो वास्तवमा अधिकांस सांसदको समर्थन भएको मान्न सकिन्छ भने दोश्रोपटक यही चैत्र ७ गते वहाको विश्वासको मत लिने प्रस्तावको पक्षमा २६२ सभासद रहेको संसदबाट १७२ बिश्वासको मत प्राप्त गर्नु पनि गर्वकै बिषय बनेकोछ । यस्तो जटिल परिवेशमा स्थापित सरकारको नेतृत्व गरिरहेका प्रचण्डले पाँचै बर्ष प्रधानमन्त्रि भएर आर्थिक विकास कार्र्यक्रमको संचालन गर्न सके देश बन्न सक्छ भन्ने विश्वास जनताको हो ।
हे यतिखेर हाम्रो आग्रह हो देशको आर्थिक अवस्था सुधार गर्ने काम गरौँ ।. तर त्यो काम भैरहेको पाईएको छैन .। किन हो हाम्रो विकास प्रतिको तिब्र चाहना र यस सम्वन्धि प्रश्नहरु नाजवाफ छन ।. यद्यपी देशको आर्थिक अवस्थालाई अभूतपूर्व उन्नत बनाउनु निम्न अनुसारका कार्यक्रम संचालन गर्दा राम्रो हुन्छ भन्ने सुझाव प्रस्तुत गरिएको छ ः

नमूना गाउँ विकास कार्यक्रम
उद्यमशीलता विकास कार्यक्रम
तराई विशेष सामाजिक सुरक्षा तथा विकास कार्यक्रम
पुन निर्माण तथा पूर्वाधार विकास बैंक स्थापना
सहकारीमा आधारित सहभागितात्मक आर्थिक विकास कार्यक्रम
गाउँ सहर विकास तथा सामाजिक सुरक्षा कार्यक्रम
गाउँ पालिका र गाउँ केन्द्रमा अत्यावस्यक सामान आपुर्ति केन्द्र वा बजार स्थापना गरि कृषकले उत्पादन गरेका सामान खरिद गर्ने र उनिहरुलाई आवश्यक सामान उपलब्ध गराउने व्यवस्था ।
सहभागितात्मक अवकास पेन्सन कार्यक्रम
शिक्षा स्वास्थ्य कोष स्थापना गरि सहकारीको माध्यमबाट शिक्षा स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने कार्यक्रम
अहिले काम्रेड प्रचण्ड साच्चै देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन लागि पर्नुृ भएको छ । किनभने वहाले आफ्नो जीवन काल भरि क्रान्तिकारी मोर्चामा आफुलाई उभ्याउनु भयो । वहा कुनै जागिरमा लागेको भए सरकारी उच्च ओहदामा पुग्न सक्ने कृषि प्राविधिक व्यक्तित्व हो । यद्यपी त्यस्तो व्यक्तिगत सुख सुविधाको बाटोमा नलागेर जनताको सुख सुविधा र देशको आर्थिक उन्नतीको लागि समर्पित हुनु वहाको ठूलो त्याग र समर्पण हो । यसर्थ वहाले पनि गौतम बुद्धले दरवार छोडेर वनवास गए झै देशलाई सम्बृृद्ध बनाउन र जनतालाई सबै खाले शोषण दमनबाट मुक्त राख्न जनयुद्ध जस्तो कठोर संघर्षमा आफूलाई होम्नु भएको छ । यस अवस्थामा जनयुद्धको कमाण्डर जस्तो व्यक्तित्व जस्ले कहिल्यै हारेन सधै जितिरहने अवसर वहालाई मिल्यो । वहा आफू मात्र विजेता होईन आफ्नो कट्र विरोधी टाउकाको मोल तोक्ने देउवा लगायतलाई समेत मुक्तिको स्वास फेर्न सक्ने बनाउनुभयो । यस्तो व्यक्तित्वलाई विश्व शन्तिको अभियानमा अगूवा बनाउने र शान्ति संम्मान दिएमा यो नयाँ उत्साहजनक कीर्तिमानको उचित कदर हुने छ ।
यसर्थ अहिले सरकार चलिरहेको अवस्थामा देशव्यापी आर्थिक सम्पन्नताको कार्यक्रम ल्याएर नेपालको तिष्टा काँगडा सम्म गुमेको भूभाग समेत समेट्न छिमेकीसंग परामर्स गरि विशाल नेपाल बनाउने पहल वहाबाटै हुन्छ र त्यो सफलता नजिक छ भन्ने विश्वास लिन सकिन्छ । यसर्थ समग्रमा यो पटकको पुस्पकमल दाहालको प्रधानमन्त्रित्वकाल सफल र देशको आर्थिक सम्बृद्धिको दर्विलो आधार बनोस् । यो नै प्रधानमन्त्रि पुस्पकमल दाहाललाई शुभकामना ।
धन्यवाद

शिव अधिकारी
बाबाधाम कोटेश्वर काठमाण्डौ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु