दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रजत विजेता खो खो टोलीको स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ११ गते, शनिबार ५:१३

काठमाडौं ।चौथो एसियाली खो खो च्याम्पियनसिपमा रजत जितेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । मार्च २० देखि २३ तारिखसम्म भारतको आसामस्थित गुवाहटीमा भएको प्रतियोगितामा नेपाली पुरुष÷महिला दुवै टोलीले रजत जितेको नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जनाएका छन् ।
समूह ‘ए’ को लिग चरणका खेलमा नेपालले इरान र भुटानलाई पराजित गरेको थियो भने भारतसंग चुकेको थियो । सेमिफाइनलमा नेपालले बंगलादेशलाई हराउदै भारतसंग उपाधि भिडन्त पक्का गरेको थियो । फाइनलमा पनि नेपाल भारतसंग पछि प¥यो । आठ राष्ट्र सहभागी थिए ।
महिलामा पनि ८ राष्ट्र सहभागी थिए । समूह ‘बी’ मा रहेको नेपालले दक्षिण कोरिया, बंगलादेश र इन्डोनेसियालाई पाखा लगाउदै समूह विजेताका रुपमा सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा नेपालले श्रीलंकालाई पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा नेपाल भारतसंगै चुक्यो ।
टोलीलाई नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।
पुरुष खेलाडी ः राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव रोकाया, विष्णु थारु, भरत सारु, रोहितकुमार वर्मा, विकरालसिंह रत्गइया, प्रवेज आलम, बेदबहादुर ओली र कपिलदेव भट्ट ।
महिला खेलाडी ः सरस्वती कडायत, विनु तामाङ, निशा शाही, निर्मला गिरी, पूजा ओड, अन्जली थापा मगर, दीपा विक, पुनम थारु, आशा थारु, अनिशा गोले, खुश्बु राणा र मनमति धामी ।
अन्य ः प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र लक्ष्मीनारायण वैद्य, सहायक प्रशिक्षकमा खगेन्द्रबहादुर शाही र भीमबहादुर लामा तथा निर्णायकमा दिलिपकुमार महर्जन र नागेन्द्र वज्राचार्य ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु