सीजीफिन्कोका उत्कृष्ट २० वर्ष

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र १४ गते, मंगलवार १५:५८

काठमाडौं ।चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्र्ष सफलतापुर्वक पुरा गरेको अवसरमाआफ्ना ग्राहकहरूप्रति सम्मानव्यक्त गरेको छ । २०औँ बार्षिकोत्सवमनाउन सोमबार राजधानीमाआयोजितकार्यक्रममा सीजीफिन्कोका अध्यक्षनिर्वाण चौधरीले यस कम्पनीको सफलताको आधार आफुमाथिविश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मानब्यक्तगर्नु भएको हो ।
उक्तअवसरमाअध्यक्षचौधरीलेआफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्नुहुदै नयाँलगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफुलाई प्रोत्साहनमिल्ने गरेको बताउनुभयो । सीजीफिन्को आज नेपालमा वैदेशिकमुद्राभित्रयाउने जिम्मेवारीमाअब्बल सावितहुदै आएको र विदेशमा रहनु भएकामहानुभावहरुकालागि नेपालमा पैसा पठाउने भरपर्दो साथीबन्न सकेकोमापनि सन्तोष ब्यक्तगर्नुभयो ।
‘सीजीफिन्कोले मेरोविजनेश करियरमाखास महत्व राख्छ। मलाई लाग्छ २०बर्षअघि सीजीफिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आजविप्रेषण उद्योग नेपालको कुलगार्हस्थ्यउत्पादनमा सबैभन्दा बढी योगदानदिने क्षेत्र बनेको छ’, चौधरीले भन्नुभयो ।
विदेशमाकामगर्ने नेपालीहरूकालागि नेपालमा पैसा पठाउने एकविश्वसनीय सस्थामात्रनभई सीजीफिन्कोलेगैरकानूनी रूपमाहुने रकम हस्तान्तरण न्युनीकरणमा पनिमहत्वपुर्ण योगदानगरिरहेको उहाँले बताउनुभयो । साथै, आगामीदिनमा सीजीफिन्को अझ सशक्त रुपमाविप्रेषण सेवालाई सजिलो र भरपर्दोबनाउन प्रतिबद्ध रहेकोजानकारी पनिउहाँले दिनु भयो ।‘आगामीदिनमा सीजीफिन्कोले डिजिटल रेमिट्यान्समाजोड दिदै विप्रेषण उद्योगमाआफ्नो स्थानअझमजबुतबनाउनेछ’ अध्यक्षचौधरीले भन्नुभयो ।कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चारकर्मचारीलाई कदरपत्रप्रदान गरेको थियो । जस अन्तर्गत, मार्केटिङजिनियस अवार्डबाट रमेस रेग्मी, अन्म्याच्ड डेडीकेसन अन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमाशर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिषकुमार हमाल सम्मानीतहुनुभएको थियो ।
२००३ मा स्थापितसीजीफिन्को अमेरिकनकम्पनी वेस्टर्न युनियनमनि ट्रान्सफरको नेपालकालागि सुपर एजेन्टको रुपमाकामगर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिलेचार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवादिदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु