
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते हुने नयाँ नेतृत्व चयनका लागि बरिस्ठ पर्यटन व्यवसायी खुमबहादुर सुवेदीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
महासंघको आगामी कार्यकालका लागी हुन गइरहेको आसन्न निर्वाचनमा टानका निवर्तमान अध्यक्ष एवम् युनिक एड्भेन्चर इनटरनेशनल प्रालिका प्रबन्ध निर्देशक सुवेदीले वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जनकुमार श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् ।
सामाजिक काममा समेत सकृय रहेका सुवेदी बिगत २५ वर्षदेखि ट्रेकिङ, ट्राभल लगायतका क्षेत्रमा रही संहालिसकेका अनुभव महासंघमा समेत लगाउने बताएका छन् ।


