
पुस्कर सापकोटा– युएई,नेपालको राष्ट्रिय खेल भलिबल, “खेल्न सके राष्ट्रको लागि नसके स्वास्थ्यको लागि” भन्ने मुख्य नाराका साथ गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईले अप्रिल २ तारिक आईतवारको दिन युएई मै पहिलो पटक ठूलो धनराशी पुरस्कार राखेको नेपाली खुल्ला भलिबल प्रतियोगिता अलकुज बलेदिया मैदानमा सम्पन्न भएको छ । युएईमा क्रियाशील बिभिन्न संघ- संस्था एवं क्लवको खेलाडीहरु लगायत खेल प्रेमी दर्शक महानुभावहरुको बाक्लो उपस्थित रहेको यस खुल्ला भलिबल प्रतियोगितामा आयोजक टिम गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएई सहित १२ टिमको सहभागिता रहेको थियो ।
यस खेलमा प्रमुख अतिथीको रुपमा गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनएका युवा उपाध्यक्ष राज रेग्मी (राजु), विशिष्ठ अतिथिहरुमा एनआरएनए उपाध्यक्ष नरेन्द्र बहादुर भाट, सचिव प्रवीण गुरुङ, मध्यपुर्ब संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द,एनआरएनए युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठको उपस्थिति रहेको थियो । उक्त प्रतियोगितामा यूएईका बिभिन्न संघ- संस्थाका अध्यक्ष तथा नेपाल देखी आउने राष्ट्रिय खेलाडीहरु सहित युएईको खेलाडीहरु,
एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुगांनालगाएत पदाधिकारीको उपस्थित रहेको थियो ।
उक्त भलिबल खेलको फाइनलमा तनहुँ सेवा समाज युएई र प्रदेसी हातेमालो भलिवल टीम पुगेका थिए । वेस्ट अफ ५ खेलाईएकोमा प्रदेसी हातेमालो भलिवल टीमले ३ सेट जितेर उपाधि आफ्नो पक्षमा पारेको थियो भने दोस्रोमा तनहु सेवा समाज युएई र तेस्रो स्याङ्जा सेवा समाज युएई भएको छ । उनिहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथी र बिशेष अतिथीहरुले नगद पुरस्कार सिल्ड र प्रमाणपत्र बितरण गरेका थिए ।
आइतबार युएईको अल्कोजको बलेदिया भलिबल क्याम्पको भलिवल ग्राउण्डमा भएको प्रतियोगितामा भएको खेलमा विजेता प्रथम टिमलाई युएई दिराम नगद ७,७७७/- द्वीतीय ४,४४४/- र तृतीय २,२२२/- नगद,कप, प्रमाण-पत्र र मेडल प्रदान गरिएको गैरआवासीय नेपाली संघ युएईका खेलकुद संयोजक भीम मल्ल ठकुरीले बताए ।
गैरआवसीय नेपाली संघ आईसिसिका खेलकुद संयोजकको भुमिका निर्वाह गरेका सामाजिक अभियन्ता, खेलप्रेमी आठौं र नवौ राष्ट्रिय खेलमा गैरआवासीय नेपाली संघ, स्पोर्ट्स एकेडेमीका म्यानेजमेन्ट प्रमुख एबं खेल संयोजकको महत्वपूर्ण भुमिका निर्वाह गरेका संघका मध्यपुर्व संयोजक मनोज गोर्खाली, गैरआवसीय नेपाली संघ युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठ, राष्ट्रिय समन्वय समिति युएईका अध्यक्ष ठाकुर ढुंगाना,उपाध्यक्ष बिकास साहीलगायत सम्पूर्ण टिमको महत्वपूर्ण सहयोग र योगदानका कारण युएईको इतिहासमै ठुलो प्रतियोगिता आयोजना गर्न सकिएको ठकुरिले बताए ।
युएईमा रहेको सामाजिक संघ संस्था, विभिन्न क्लब लगायत खेलाडीहरुलाई उक्त खेलमा सहभागिता जनाई सफल बनाउन सहयोग गरेकोमा खेल संयोजक ठकुरीले सबैलाई धन्यवाद ब्यक्त गरे । उनले यो प्रतियोगिता आयोजना गर्न र सफल बनाऊन आ-आफ्नो ठाउबाट योगदान दिने प्रायोजकहरु एनआरएनएका एनआरएनए उपाध्यक्ष आरके शर्मा, नरेन्द्र बहादुर भाट,युवा उपाध्यक्ष राज रेग्मी , सचिव प्रवीण गुरुङ,युवा संयोजक अब्दुल बासिद, मध्यपुर्ब संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), एनआरएनए युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठ,एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुगांनालगाएतलाई नमन ब्यक्त गरे ।
कार्यक्रममा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएईले प्रमुख अतिथी गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको युवा उपाध्यक्ष राज रेग्मी (राज),विशिष्ठ अतिथिहरु नरेन्द्र बहादुर भाट्, सचिव प्रवीण गुरुङ, मध्यपुर्ब संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लाई मायाँको चिनो प्रदान गरेर सम्मान गरेको थियो ।
उक्त भलिबल प्रतियोगितामा एनआरएनए अभियन्ताहरु र युएईवासी नेपालीहरुलाई आयोजकले बिशेष आभार ब्यक्त गरेको छ ।


