दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अपाङ्गता समानता तालिम÷अनुशिक्षण कार्यक्रम ललितपुरमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र २१ गते, मंगलवार १९:१२

भूमिकला पौडेल

राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको आयोजनामा अपाङ्गता समानता तालिम÷अनुशिक्षण कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका वडा नं. १ देखि २९ सम्मका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अपाङ्गता सम्बन्धी विषयमा जानकारी होस भन्ने उद्धेश्यले सो तालिम÷अनुशिक्षण प्रदान गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविकाहरू आफ्नो समुदायको घरघरमा पुगेर स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न अग्रपंक्तिमा रहेका हुनाले उनीहरूलाई यसप्रकारको तालिम दिदाँ अपाङ्गताका बारेमा पनि उनीहरू मार्फत जानकारी संप्रेषण हुने तथा यसले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुग्नेछ भन्ने अभिप्रायले यो तालिम÷अनुशिक्षणको आयोजना गरिएको हो ।
तालिमममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालका महासचिव रमा ढकालले अपाङ्गता भनेको के हो, अपाङ्गताका प्रकारहरू तथा परिचयपत्रका बारेमा प्रश्तुतीकरण गर्नुहुँदै सहभागिहरूलाई यस बारेमा बिस्तृत रूपमा जानकारी गराउँनुभयो । यसैगरी राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालका अध्यक्ष किरण शिल्पकारले सहभागिहरूलाई अपाङ्गता समानता तालिम÷अनुशिक्षण प्रदान गर्नुभयो । तालिममा आफ्नो प्रश्तुतीकरणका क्रममाः उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई परिवार, समुदाय तथा विभिन्न पक्षले हेर्ने दृष्टिकोण तथा गर्ने व्यवहारमा विभेद रहेको सहभागिहरूलाई बताउँनुहुँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीमा उल्लेख भए अनुसार उनीहरूलाई कसरी आत्मसम्मानपूर्वक व्यवहार गर्ने तथा के कसरी व्यक्ति, परिवार तथा समाजले उनीहरूलाई सहयोग गर्न सक्छ भन्ने विषयमा विभिन्न चित्रहरू तथा भिडियोहरू मार्फत उदाहरण दिँदै स्पष्ट पार्नुभयो ।
तालिममा सहभागिता जनाउँनु हुँदै ललितपुर महानगरपालिका जनस्वास्थ्य निरिक्षक डिल्ली शेर केसीले यो अपाङ्गता समानता तालिम÷अनुशिक्षणले अपाङ्गता सम्बन्धी विषयमा एकदमै महत्वपूर्ण जानकारी दिन सफल रहेको बताउँनुहुँदै अब छिट्टै नै ललितपुर महानगरपालिकाको तर्फबाट पनि २९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि यस प्रकारको तालिम प्रदान गर्ने प्रतिवद्धता जनाउँनु भयो ।
तालिममा उपस्थित ललितपुर महानगरपालिका २६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफूहरूलाई अपाङ्गता सम्बन्धी विषयमा यस अघि सही जानकारी नभएकोले यस तालिमबाट अपाङ्गता बारेमा स्पष्ट रूपमा बुझ्न पाएकोमा खुसी व्यक्त गर्नुहुँदै यस प्रकारको तालिम अत्यन्त आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । यसका साथै उहाँहरूले अबका दिनमा आफूहरूले समुदायमा अपाङ्गता सम्बन्धी विषयमा जनचेतना फैलाउने, समुदायका व्यक्तिहरूले अपाङ्गता भएका व्यक्तिहरू प्रति गर्ने नकारात्मक व्यवहारमा परिवर्तन ल्याउन भूमिका खेल्ने तथा आफू, आफ्नो कार्यालय र कार्यक्षेत्रमा पनि आफूले यस तालिममा सिकेका कुराहरू लागु गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु