
मैले प्रीत राखेको छु केवल तिमिलाई
केही कुरा लेखेर देखाएको छु तिमिलाई
मलाई सम्झेर बोलाउँछौ कि आशा छ
मेरो मनमा तिम्रो लागि मायाले भरिएको छ
तिम्रो मनको कुरा बुझेर हात समाएको छु
मलाई दिलमा शरण दिन्छौ कि आशा गर्छु
मैले प्रीत राखेको छु केवल तिमिलाई
सपनामा पनि गाएछु मन भुलाउनलाई
जिन्दगीका अनेक यात्राहरू पार गर्नु छ
तिमिलाई आफ्नो भन्न पाउँछु आशा छ
हृदयको पानामा तिम्रो बारेमा लेखेको छु
सम्झिन्छौ कि तिमिले भन्ने सोचेको छु
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


