दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र २८ गते, मंगलवार २०:३४

काठमाडौ ।विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार राति विराटनगरमा भएको फाइनलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा ग¥यो । आर्मीले लिगमा पनि पुलिसलाई पराजित गरेको थियो । पहिलो संस्करणमा गण्डकी र दोस्रोमा लुम्बिनीले उपाधि जितेका थिए ।
खेलको ४१ औं मिनेटमा आर्मीका काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो । ‘म्यान अफ द म्याच’ आर्मीका नितिश न्यौपाने भए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा दक्षिण एशियाली महिला हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग गर्ने बताए । आगामी वर्षको नीति कार्यक्रमा एवं बजेटमा यस प्रतियोगितालाई राख्ने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘हक्कीका लागि आवश्यक पर्ने जग्गा जोहो गरे प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न सहयोग गर्छ । यस खेलमा युवा पुस्तालाई आकर्षण गराउन र अन्य प्राविधिक कुरामा सहयोग गर्न प्रदेश सरकार तयार छ ।’
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, इमर्सिङ प्लेयर सुदूरपश्चिम प्रदेशका महेश नेपाली, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने भए ।
खेलाडीहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्या डा. डिला संग्रौला, प्रतियोगिताका संयोजक रञ्जन थापा, नेपाल हक्की संघ मोरङका अध्यक्ष राजेश गुप्ता, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँलगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको विजेता आर्मीले ७५ हजार र उपविजेता पुलिसले ४१ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान भएको सुदूरपश्चिम प्रदेशले २५ हजार नगद पायो । प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित ७ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु