तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नयाँ बर्ष सबैको शुख सुविधा, सम्बृद्धि, नयाँ राष्ट्रिय एकिकरण सहितको विशाल नेपाल बन्न सकोस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १ गते, शुक्रबार १७:४६

–शिव अधिकारी

रस्मीले ढकमक्क ढाकी युगमा मुस्कानले न्वाउँदा
बटो खुल्न सकिरहे छ युगको मौका नयाँ पाउँदा
आँखाले नवजागृती झिलिमिली गर्दै रहे चुम्बन
आयो बर्ष नयाँ सबै अघि बढुन् सम्पन्नता ल्याउन ।। १ ।।

कालो मेघ मडारिएर नभमा सिञ्चिन्छ धर्ती जहाँ
कस्ले भेट्छ र आज स्वर्ग सरीको नेपाल जस्तै कहाँ
अग्ला छन हिम शैल स्वच्छ युगको आधार माला सरी
श्रृँगारिन्छ अपूर्व छन् धरतीको सौन्दर्य आभा छरी ।। २ ।।

बर्षेकै छ अपूर्व सर्वर हुँदै संजिवनी फाँटमा
यस्तो रम्झम श्रृष्टिको समिर झै भेटिन्न संसारमा
यै स्वर्गीय सुधामृतादी सहजै पिएर बस्ने सबै
देवताहरुकै सदा चरणमा मान्छे रमेका खुबै ।। ३ ।।

मान्छे हर्दम पोख्दछन श्रम जति यो देश निर्माणमा
केले छेक्छ र स्वर्णद्वार घरको खुल्ला छ यो धर्तिमा
सोचौ गल्ति भयो गए दिन त्यसै व्यर्थै भयो जिन्दगी
यै कम्जोरी बुझेर शत्रुहरुले राख्लान कतै बन्दगी ।। ४ ।।

पुर्खाले खुकुरी उद्याई रिपुको सातो लिएका थिए
उन्कै पौरख पोखियो धरतीमा विशालता नै दिए
रक्षा गर्नु छ धर्तिको जुटी सबै बेला छ यो उत्तम
कस्ले छेक्छ र शक्तिशालीहरुले पोखिरहेको श्रम ।। ५ ।।

विश्व मै छ नेपाल उच्च भूमि हो को सक्छ होच्याउन
हाम्रो मातृभूमी पवित्र छ सधै को सक्छ मैल्याउन
बैरीले निहु खोज्न आउँछ भने होला उ आफै धुलो
यो नै बर्ष नयाँ हुने छ युगमा नेपाल होला ठूलो ।। ६ ।।

आयो बर्ष नयाँ सुरम्यछ धरा उल्लास बर्षे सरी
धर्ति यो छ भण्डार अन्नहरुको संसार पाल्ने गरि
टिस्टाबाट हिडेर पुग्नुछ छिटै काँगडाको फाँटमा
खोसि ल्याउन पर्छ त्यो भूमी सबै नौलो नयाँ बर्षमा ।। ७ ।।

बाबाधामको कोसेली
बैशाख १ गते २०८० साल
नयाँ बर्ष नयाँ विहानीको सबैलाई शुभ कामना
शिव अधिकारी ,तथा
बाबाधाम अधिकारी परिवार, सहयोगी नगर कोटेश्वर काठमाण्डौ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु