दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उज्यालो टाईम्सद्वारा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान एवम् क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २ गते, शनिबार ८:४५

भरतपुर/उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को आयोजनामा नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर)को विमोचन गरिएको छ ।
उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाठकवर्ग, विज्ञापनदाता, लेखकवर्ग, प्रा.लि.लाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावहरुलाई शुभकामना प्रदान गरिएको थियो । त्यस्तै सोही अवसरमा प्रा.लि.ले प्रकाशन गरेको क्यालेण्डरको एक कार्यक्रमका विच विमोचन समेत गरिएको थियो । कार्यक्रममा आ.व.०७९/०८० मा प्रा.लि.बाट भए गरेका कार्यहरुको जानकारी, संस्थाको हालसम्म सम्बन्धित निकायहरुमा भएको अद्यावधिकको अवस्था, प्रा.लि.ले गर्ने आगामि भावी योजनाहरुको बारेमा समेत जानकारी गराइएको थियो ।
शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर)को विमोचन कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, समाजसेवी रामकृष्ण सापकोटा, निर्देशकहरु अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य, राजकुमार श्रेष्ठ, सुकदेव काप्री (विकास), सह–सम्पादक बुद्धिराम चौधरीले नयाँ वर्ष २०८० को अवसरमा आ–आफ्नो तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु