तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ब्राइट फ्युचर कप एसइइ फुटसल भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ३ गते, आईतवार १९:४९

काठमाडौं ।ब्राइट फ्युचर मावि प्लस टु विभागको आयोजनामा दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहन कार्कीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पहिलो संस्करणमा २३ टिम सहभागी थिए ।
पहिलो हुने टिमले नगद ३० हजारसहित टिमका प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । दोश्रोले २० हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् । त्यस्तै सहभागी हरेक टिमका खेलाडीले २५ प्रतिशत छात्रवृत्ति पाउने छन् ।
उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कारसंगै १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । अनुशासित टिमका खेलाडीले पनि १०० प्रतिशत छात्रवृत्ति पाउने प्रतियोगिता संयोजक सरोज महर्जनले जानकारी गराए ।
तीनदिने नकआउट प्रतियोगिताका खेलहरु नैकापस्थित आयोजक ब्राइट फ्युचरको आफ्नै हातामा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु