
गोबिन्द राज ओझा
तिमि विना यो जिन्दगीमा मेरो भन्नु के नै रह्यो र
मनमा रहेका कुरा सुन्ने को नै छ र
जिन्दगीमा उज्यालो ल्याउन मैले के गर्नु पर्छ र
तिमि विना यो जिन्दगीमा मेरो भन्नु के नै रह्यो र
तिम्रा बोलीमा मायालु शब्दहरू छन्
आउँ बस तिमि सँग गर्नुपर्ने कुरा धेरै छन्
बोलेका प्रत्येक शब्दहरू अमृत बन्ने छन्
म आएको हु तिमिलाई खुसी बनाउन
के कुरा भन्नु छ सबै भनिदेऊ
मलाई जिन्दगीमा बाच्नलाई सहारा देऊ
तिमि विना यो जिन्दगीमा मेरो भन्नु के नै रह्यो र
मनमा रहेका कुरा सुन्ने को नै छ र
यो जीवनमा तिम्रो साथ पाउन सकूँ
मुटुमा रहेको माया बटुलेर घर बनाउन सकूँ
हृदय देखि माया गरी तिम्रो मनमा बस्न सकूँ
तिमि तर्फ हेरेर दिलका कुरा भन्न सकूँ


