तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जुनियर राष्ट्रिय टेबलटेनिस सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ६ गते, बुधबार ६:०३

काठमाडौं ।मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोश्रो संस्करणको विविध खेलकुदअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगितामा विभिनन ८ जिल्ला र प्रहरी गरी ९ टिमका १ सय ६० खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभाग प्रमुख महेन्द्र लिगलले जनाएका छन् । प्रतियोगितामा यु–१५ तथा यु–१९ तर्फ ब्वाइज÷गल्र्समा ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार हात पार्ने छन् । क्वाटरफाइनल पुग्ने खेलाडीलाई जनही ३ हजार नगद पुरस्कार प्रदान गरिने छ । यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट गरिने विभाग प्रमुख लिगलले जानकारी गराए । दुवै उमेरसमूहमा समान ३–३ ब्वाइज÷गल्र्स गरी १२ खेलाडी छनोट गरिने छ ।
प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले खेल खेली उद्घाटन गरे । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।
एकेडेमीले विविध खेलकुदअन्तर्ग घोषणा गरेको १४ प्रतियोगिता मध्ये टेबलटेनिस प्रतियोगिता पहिलो भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु