तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनआरएन हङ्गेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ६ गते, बुधबार १५:०८

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद हङ्गेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित हुनुभएको छ ।

एनआरएनए हङ्गेरीको मङ्गलबार राजधानी बुडापेस्टमा सम्पन्न १८ औँ राष्ट्रिय महाधिवेशनले भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति दुई वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।

उक्त महाधिवेशनले उपाध्यक्षमा सुर्य दमै, उपाध्यक्षमा लेखबहादुर गुरुङ, महासचिवमा सञ्जय कार्की, सचिवमा रिजन थापा, कोषाध्यक्षमा यमबहादुर दर्जी, महिला संयोजक तथा प्रवक्तामा दिपिका गिरी र युवा संयोजकमा शिवकुमार भण्डारी निर्वाचित हुनुभएको छ ।


यस्तै, सदस्यमा शङ्कर भण्डारी, मनिषा केसी, वीरबहादुर दमै, राकेश चिमुरिया, अस्मिता प्रधानाङ्ग, साजन तमाङ, नारायण पौडेल, सविन खिउन्जु, हिरा दमै निर्वाचित हुनुभएको हो ।

कास्की माछापुच्छ«े गाउँपालिकाका भण्डारी लामो समयदेखि हङ्गेरीमा बसेर सामाजिक काम गर्दै आउनुभएको छ । भण्डारीले विगत १९ बर्षदेखि नेपाललाई हङ्गेरीमाझ चिनाउँदै आउनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी नेपाल हङ्गेरी सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु