दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुग्ध क्षेत्रको बिकासमा एसोसिएसनको प्रमुख भुमिका: अध्यक्ष दाहाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ७ गते, बिहीबार ९:०६

” डेरी एसोसिएसनको क्यालेन्डर विमोचन”

काठमाडौं । नेपाल डेरी एसोसिएसनले नयाँ वर्ष २०८०’ सालको क्यालेन्डर विमोचन गरेको छ ।

राष्ट्रिय दुग्ध बिकास बोर्ड हरिहरभवन ललितपुरमा बुधबार एक कार्यक्रमबीच बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको
प्रमुख अतिथ्यता नयाँ बर्ष शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन गरिएको छ ।

विमोचन कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल, दुग्ध बिकास संस्थानका महाप्रबन्धक डा. सन्जिप झा,नेपाल एसोसिएसनका सल्लाहकार एवं पूर्व अध्यक्ष मेघराज भण्डारी, केन्द्रिय दुग्ध उत्पादन सहकारी संघका महासचिव श राम आचार्य, डेरी उद्योग सघका अध्यक्ष राजकुमार दाहाल लगायत दुग्ध उद्योगीहरुले संयुक्त रुपमा उक्त क्यालेन्डरको विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि यादवले नयाँ वर्षको शुभकामना सहित दुग्ध क्षेत्रको समस्याहरुको सम्बोधन गर्न हरेक किसिमका सहयोग गर्ने बताउनु भयो भने अध्यक्ष प्रल्हाद दाहालले शुभकामना मन्तव्यको क्रममा दुग्ध क्षेत्रको बिकासमा एसोसिएसनको प्रमुख भुमिका रहेको र सबै समस्याहरुको पहिचान गरि सरोकारवाला निकायमा पुर्‍याउन पहल गरिरहेको कुरा बताउनु बताए ।

कार्यक्रमको अन्त्यमा सबै सहभागी उपस्थितिहरुलाई नयाँ वर्षको क्यालेन्डर बितरण गरि एकआपसमा शुभकामना आदानप्रदान गरि कार्यक्रम समापन गरियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु