
—शिव अधिकारी
यौटा श्रृष्टि सुरम्य हुन्छ सहजै श्रृंगार आमा हुँदा
छाडी जानुभएपछि दिन वित्ते छाती निचोरी रुदा
धर्तिमा पदचाप छाडी युगको आधार जे बन्दथ्यो
त्यस्तो वैभव छाँट काँट झरिलो वत्ति सधै बल्दथ्यो ।। १ ।।
यो सानु कुटी सुन्य झै छ अहिले कैले सिगारिन्छ र
खाली भो घर गोठ खेत र गरा कैले भरि हुन्छ र
डोकोमा जति भारि भा पनि कठै यो श्रृष्टि ब्यूँझाउन
लाग्नु भो अति कष्ट साथ घरमा प्रकाश फैलाउन ।। २ ।।
बच्चाको सुकुमार रुप झरिलो देख्दा हुने हर्षित
लाग्यो भोक भनेर भन्नु अहिले फेरी यहाँ कोसित
मिठो भो कि भएन बाबु भनलौ यस्तै बनाएँ सबै
खाउँ यही भनेर ख्वाउन पनि लाग्नु भएथ्यो खुबै ।। ३ ।।
पँधेरी पुगी जोर गाग्री भरदै राखेर गग्रेटिमा
झिस्मिसे पनि केही ह्वैन नि कठै त्यो माघको ठण्डिमा
दैलो पोती अगेनु सुद्ध गरदै चुलो र चौका पनि
करेसी तिर रोपी फुल घरकोे श्रृंगार गर्छु भनि ।। ४ ।।
संझि संझि नसक्नु भा छ अहिले आमा नहुँदा यहाँ
मौका क्यै नदिएर छोडी किन हो जानु भएको कहाँ
आमा हुन् दुनियाँ जगाउन सधै संसार देखाउने
धर्ति हुन सबको सधै हृदयमा राखेर हुर्काउने ।। ५ ।।
संझि यि सब मर्मस्पर्सी दिलका भाखाहरु यो घरी
आँशु वगिरन्छ भल्भल सधै पीडा पखाल्ने गरि
धर्तीमा जति जे छ कल्प तरु झै आमा हुँदा सिर्जना
श्रद्धा अर्पण गर्दछौँ हृदयमा राखी सधै संझना ।। ६ ।।
बाबाधामको कोसेली ७ बैशाख २०८०
शिव अधिकारी
बाबाधाम सहयोगी नगर कोटेश्वर काठमाण्डौ


