तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ७ गते, बिहीबार १८:५३

७ वैशाख, चितवन। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शक्तिखोरको
शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री
ग्राम निर्माणको काम छिट्टैे सम्पन्न गरिने बताउनुभएको छ।

चितवनको निर्वाचन क्षेत्र नं.-२ को चुनावी सभामा सत्ता गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपील गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अघिल्लोपटक म प्रधानमन्त्री हुँदा नै यो योजना अगाडि बढाएको थिएँ। संयोगले यसपटक पनि म नै प्रधानमन्त्री छुु। यो कार्यकालमा शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री
ग्राम निर्माणको काम सम्पन्न गर्छौं। यसका साथै चितवनको विकासका लागि रणनीतिक महत्त्वका योजनाहरू अगाडि बढाउँछौं।”

सभामा प्रधानमन्त्रीले खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गर्न चितवनबासीलाई अपील गर्नुभयो। उहाँले भन्नुभयो, “कहिलेकाहिँ खहरे खोला पनि उर्लिएर आउँछ। त्यो छिट्टै सुक्छ। तर, नदी सदाबहार हुन्छ। केही समयदेखि यता चितवनमा खहरे भेल आएको छ। तर अहिले बिस्तारै सुक्दैछ। मतदाताहरू लयमा फर्किंदैछन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरू विशाल नदी हुन्। यिनीहरू सदाबहार रूपमा अगाडि बढ्छन्।”

“जीतनारायण श्रेष्ठ चितवन-२ का लागि सबैभन्दा योग्य उम्मेदवार हो” प्रधानमन्त्रीले भन्नुभयो, “चितवनलाई राम्रोसँग बुझेको, यहाँका जनतासँग भिजेको उम्मेदवार उहाँ नै हो। उहाँ कांग्रेसको मात्र नभएर गठबन्धनको साझा उम्मेदवार हो। जीतनारायणलाई जिताएर पठाउनुस्, चितवनको विकासमा महत्त्वपूर्ण सहयोग गर्छौं।”

संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन बनेकोमा प्रधानमन्त्रीले जोड दिँदै भन्नुभयो, “हामीले गठबन्धन गरेर लोकतन्त्र र संविधानविरोधी शक्तिलाई हरायौं। संसद विघटन गर्ने प्रवृत्तिलाई सडकबाट पराजित गर्‍यौं। त्यसकै आधारमा अहिलेको गठबन्धन बनेको हो। सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएर गठबन्धन सरकार अगाडि बढिरहेको छ। यो गठबन्धन अझै सुदृढ बन्दै जान्छ। एकतावद्ध भएर मुलुकका चुनौती छिचोल्दै विकास र समृद्धिलाई तीव्रता दिन्छौं।”

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ को विकासका निम्ति जीतनारायण श्रेष्ठ सबैभन्दा योग्य उम्मेदवार भएको भन्दै अत्यधिक मतलेे विजयी गराउन चितवनबासीलाई अपील गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतले सम्बोधन गर्नुभएको थियोे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु