सचिन्द्र श्रेष्ठ –
धार्मिक तथा साँस्कृतिक महत्व बोकेको कुस्माको पुरानो बजारले जहाँनिया राणा शासन, पञ्चायती ब्यवस्था ,बहुदल हुदै गणतन्त्र सम्मको यात्रा छिचोलेको बजारमा दुई दशक देखि सुनसान हुनुका अलावा दिउसै बाघ र स्याल हिड्ने अवस्थामा पुगेको छ,बिगतमा बिद्यार्थी,कर्मचारी,सेवाग्रहिले अत्यन्त ब्यस्त र चहलपहल हुने उक्त बजार स्थानीय ब्यबसायीको पलायन ,ब्यबसाय हक़ हितका नाममा खोलिएका संघ सस्थाको कमजोर ब्यबस्थापन ,नयाँ योजना ल्याएर लगानी गर्ने बाताबरण बनाउन नसक्नु,ब्यबस्थित बजारीकरणको अभाव र उच्च राजनितिक केंद्रीय नेता पाए पनि चासो र चिन्तनको ह्रासका साथै अन्य सरोकार निकाय समेत मौनले हाल सम्म दिगो व्यवसाय समस्या समाधानमा कुनै पहल हुन सकेको छैन। फुटाऊ र शासन गर भन्ने प्रवृति कारण पुरानो बजार अझै दयनीय अवस्थामा पुगेर उठिबास लाग्ने सम्भावना छ।