तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

राष्ट्रिय बुद्धिचालः रुपेश र सुजनाको जित निरन्तर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ९ गते, शनिबार ५:११

८ बैशाख, काठमाडौं । राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जयशवाल र महिलातर्फ सुजना लोहनीले आआफ्नो जितयात्रालाई छैटौं चरणसम्म पुर्याउँदा एकल अग्रतालाई कायम राखेका छन् ।

प्रतियोगिताको चौथो दिन शुक्रबार पाँचौं र छैटौं चरणको खेलमा रुपेशले लगातार जित निकाले । रुपेशले पाँचौं चरणमा राजन पुरीलाई हराउँदा छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गरे ।

१४ वर्षीय युवा खेलाडी पुरुषोत्तम सिलवाल ५ अंकसहित रुपेशलाई पछ्याइरहेका छन् । विहीबार चौथो चरणमा रुपेशसँग पराजित भएका पुरुषोत्तमले शुक्रबार पाँचौं चरणमा साविक विजेता पुरुषोत्तम चौलागाईंलाई ४१औं चालमा जित हासिल गरे । छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई ४६औं चालमा निराश पारे ।

फिडेमास्टर क्षितिज भण्डारी साढे ४ अंकसहित तेस्रो स्थानमा छन् । पाँचौं चरणमा राजन सुवेदीसँग बराबरी खेलेका क्षितिजले छैटौं चरणमा राजीव कार्कीमाथि जित हासिल गरे । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी प्रतियोगितामा राजन सुवेदी चार अंकसहित चौथो स्थानमा छन् ।

दिव्यांश मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा रुक्मिणी टूर्स एण्ड ट्राभल्सको सह प्रायोजनमा भइरहेको प्रतियोगिताको महिलातर्फ वुमन फिडेमास्टर सुजना लोहनीले शतप्रतिशत जितयात्रालाई कायम राख्दै शीर्ष स्थानमा १.५ अंकको अग्रता बनाइन् । पाँचौं चरणमा उनले विनिता कपालीलाई पराजित गरिन् भने छैटौं चरणमा पुनम प्रसाईंलाई हराइन् ।

सुशीला गुरुङ साढे ४ अंकसहित दोस्रो स्थानमा छिन् भने तेस्रो स्थानमा रहेकी शान्ती धिमालले ४ अंक जोडेकी छन् । सुशीलाले पाँचौं चरणमा पूजा भण्डारीलाई हराउँदा छैटौं चरणमा रिया श्रेष्ठसँग बराबरी खेलिन् । शान्तिले पाँचौं चरणमा रियालाई पराजित गरेकी थिइन् । छैटौं चरणमा विनिता कपालीलाई हराइन् ।

लाजिम्पाटस्थित होटल ले हिमालयमा भइरहेको प्रतियोगितामा शनिबार सातौं र आठौं चरणका खेलहरु हुनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु